काठमाडौं – लोपोन्मुख सोनाहा समुदायलाई आदिवासी जनजातिको अनुसूचीमा समावेश गर्न दिइएको आदेश कार्यान्वयन गर्न सर्वोच्च अदालतअन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयले चारपटक पत्राचार गर्दा पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतले अटेर गरिरहेको छन्।
निर्देशनालयका निर्देशक शिवकुमार पोखरेलले सर्वोच्च अदालतको आदेशबमोजिम सोनाहालाई जनजातिमा समावेश गराउन चारपटक पत्राचार भएको नेपाल समाचारपत्रमा खबर छ ।
उनले भने – ‘चारपटक पत्राचार गर्दा पनि केही प्रक्रिया अगाडि बढेको पाइएको छैन।’
आफूहरू लोपोन्मुख जनजाति भएर पनि सरकारले त्यसको अनुसूचीमा समावेश नगरेको उल्लेख गर्दै २०७१ सालमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो।
तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले सोनाहा समुदायलाई जनजातिमा समावेश गराउन २०७२ साल मंसिर १६ गते परमादेश दिएको थियो।
सो परमादेशबमोजिम कार्य गराउन निर्देशनालयले चारपटकसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई पत्र पठाएको हो। पछिल्लोपटक गत शुक्रबार पत्राचार गरिएको हो।
सो पत्रमा सर्वोच्चको आदेश कार्यान्वयन गर्ने सिलसिलामा यसअघि पठाइएका पत्रबमोजिमको प्रगति विवरणको कुनै जानकारी नआएको उल्लेख गरिएको छ।
सोनाहा जातिहरू विशेष गरी बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा बस्दै आएका छन्। उनीहरूले बर्दिया राष्ट्रिय निकुञ्जआसपासका खोला तथा कर्णाली नदीमा सुन खोज्ने र माछा मार्ने कार्य गरी जीविकोर्पाजन गर्दै आएका छन्।
आदिवासी जनजातिको सूचीमा समावेश नहुँदा स्थानीय नदीमा सुन खोज्न जाँदा बालुवा चाल्ने डुँड नै सुरक्षाकर्मीले खोसिदिने, माछा मार्न जाँदा विभिन्न नियम लगाइदिने, नदीमा जाने समय दिनको १ देखि ४ बजेसम्म मात्र भनेर बन्देज लगाइदिनेजस्ता कार्यबाट हैरानी खेप्नुपरेको उनीहरूको गुनासो थियो।
सर्वोच्चको आदेशमा भनिएको छ– ‘सोनाहा समुदायको मुख्य पेसा खोलामा सुन खोज्ने भनिएकोमा सुन चाल्ने कार्य पनि एउटा परम्परागत विशिष्ट पेसा भएको देखिन आउँछ। यसमा पनि कुनै न कुनै सीप र ज्ञान जोडिएको हुन्छ।’
यस्ता परम्परागत विशिष्ट पेसा भएका जाति जनजातिको संरक्षण राज्यको तर्फबाट हुनैपर्ने उल्लेख गर्दै सर्वोच्चले अन्यथा यो जातिसँगै परम्परागत ज्ञान र सीप पनि लोप हुने स्पष्ट गरेको छ।
सर्वोच्चको आदेशमा सोनाहा समूुायलाई अविलम्ब जो चाहिने आवश्यक प्रक्रिया पूरा गरी अनुसूचीमा छुट भएको जातिका रुपमा समावेश गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा परमादेश जारी हुने उल्लेख गरिएको थियो।
सरकारबाट गठित उच्चस्तरीय कार्यदलले सोनाहा समुदायलाई पनि आदिवासी जनजातिमा समावेश गराउन सुझाव दिएको भए पनि सरकारले त्यसलाई कार्यान्वयन नगरेपछि उनीहरू सर्वोच्चमा गएका हुन्। नेपालमा आदिवासी जनजातिको सङ्ख्या ५९ रहेका बताइएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस