भक्तपुर-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा औद्योगीक ग्राम निर्माणको प्रकृया अघि बढेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हिमाल र दुर्गम पहाडी क्षेत्रमा ३० रोपनी, पहाडी क्षेत्रमा ४० रोपनी र तराई क्षेत्रमा ७ विगाहा न्यूनतम क्षेत्रफलमा, पहिलो चरण ३२ औद्योगीक ग्राम निर्माणका लागि बजेट उपलब्ध गराउने निर्णय भए अनुसार सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डूको सारी खोल्चामा रहेको ५१ रोपनी प्रति जग्गा कि.नं ३२४ र ३७१ मा औद्योगीक ग्राम निर्माणका लागि स्थलगत अध्ययन तथा सम्भाव्यता अध्ययन गरिएको छ ।
सांसद बस्नेतको नेतृत्वमा मन्त्रालयका उप-सचिवहरु पार्वती शर्मा, शान्ता नेपाल, मधु पौडेल र अधिकृत चम्पा दाहाल सहितको टिमद्वारा जग्गाको स्थलगत सम्भाव्यता अध्ययन कार्यको गरिएको हो ।
पहिलो पटक आफु उद्योगमन्त्री भएको समयमा विभिन्न औद्योगीक ग्रामको विकास र विस्तार गर्ने नीतिगत योजना निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सांसद बस्नेतको उक्त कार्यलाई निरन्तरता स्वरुप हाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेत समावेश गरेको छ ।
त्यस्तै सांसद बस्नेतले तय गएको योजना अनुसार नै वर्तमान सरकारले एक स्थानीय तह एक औद्योगीक ग्राम त्यस्तै एक प्रदेश एक ठूलो औद्योगीक ग्रामको योजना अघि सारी कार्यान्वयनको प्रकृयामा रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस