कञ्चनपुर-बिहीबार टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर चौमन्न चोकमा अवरोध सिर्जना गरेका छन् ।
मृतक अध्ययनरत जनज्योति बहुमुखी क्याम्पसका विद्यार्थीले शुक्रबार बिहानैदेखि आन्दोलन गरेका हुन् ।
उनीहरूले पूर्वपश्चिम राजमार्गको भाँसी क्षेत्रमा सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् । विद्यार्थीहरुले पीडित परिवारलाई न्याय, घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै आन्दोलन गरेको बताएका छन् ।
कञ्चनपुरका राजनीतिक दलसहित विभिन्न विद्यार्थी संगठनले घटनाको विरोध गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्ति माग अघि सारेका छन् । से१क ८८७ नम्बरको टिपरको ठक्करबाट हिजो दशरथचन्द नगरपालिका १ गुरुखोलाकी २० वर्षीया युवती रमिता भट्ट(रोशनी)को घटनास्थलमै ज्यान गएको थियो ।
साइकलमा सवार रमितालाई टिपरले ठक्कर दिएर पछाडिको पांग्राले टाउको किचिदिएको पत्यक्षदर्शीले बताएका छन् । स्थानीयले टिपर आतंक बढ्ेको भन्दै टिपरमाथि ढुंगामुढा प्रहार गरेका थिए ।
आगजनीको प्रयास भए पनि उल्लेख्य मात्रामा सुरक्षाकर्मी घटनास्थल पुगेपछि टिपरलाई प्रहरीले घेरा हालेर जाेगाएकाे थियो । स्थानीयको ढुंगामुढाबाट चार प्रहरी घाइतेसमेत भएका थिए। घाइते हुनेमा भगवती भट्ट, सन्तोषी जोशी, लोचन चन्द, गणेश बोहरा छन् । उनीहरूको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस