काठमाडौं – पछिल्ला दिन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले चन्दा असुली तीव्र बनाएको छ। चन्दा असुलीको सूचना गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय दुवै ठाउँमा पुगेको छ।
अन्नपूर्ण पोस्ट्लाई प्राप्त तीन वटा पत्रअनुसार नेकपाको कीर्तिपुर नगरपालिका इन्चार्च राजु पुतुवारले विभिन्न शिक्षण अस्पताल, संघसंस्था, रेस्टुरेन्ट, उद्योगी÷व्यवसायी एवं निर्माण व्यवसायीलाई धम्क्याएर चन्दा संकलन गरिरहेको उल्लेख छ। गृहले प्रहरी मुख्यालयलाई अनुसन्धान गरि कारवाही गर्न निर्देशन दिएको छ।
गृहका शाखा अधिकृत लोकमान श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा ‘चन्दा संकलनबारे आवश्यक निगरानी बढाएर कानुनविपरीत कार्यमा संलग्नलाई नियमानुसार कारवाही गरि सो कारवाहीको जानकारी यस मन्त्रालयमा गराउनु।’
उनकै हस्ताक्षरको अर्को पत्रमा विप्लवका भक्तपुर जिल्ला सेक्रेटरी ऐनबहादुर शाही हाल काठमाडौंको कलंकी, स्युचाटार क्षेत्रमा बसी गोप्य योजना बनाएर सक्रिय रहेको उल्लेख छ।
अर्को पत्रमा विप्लवका ललितपुरका कार्यकर्ता दक्षिणी भेग बागमती, कोन्ज्योसोम र महांकाल गाउँपालिकाको कालेश्वर, गोटिखेल तथा आ श्राङलगायत ठाउँमा संगठन विस्तार गरिरहेको उल्लेख छ। पत्रअनुसार यी स्थानमा निगरानी बढाएर कारवाहीको जानकारी मन्त्रालयमा दिन निर्देशन दिइएको छ। विप्लवकै सक्रिय कार्यकर्ता भनिएका राजकुमार परियार हाल गोदावरी नगरपालिकाको चापागाउँमा सक्रिय भएको पत्रमा उल्लेख छ।
विप्लव कार्यकर्ताले चन्दा असुलीलाई तीव्रता दिएको सूचना पाएसँगै प्रहरीले सूक्ष्म निगरानी र कारवाही अघि बढाएको जानकारी प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले दिए। उनले भने, ‘चन्दा असुली बढेको सूचना नआएको होइन तर उजुरी कसैले दिँदैनन्। हामीले सूक्ष्म निगरानी बढाएका छौं। उजुरी नआए पनि छुट्टै टिम बनाएर खोजतलास गरिरहेका छौं।’
सरकारले ०७५ फागुन २९ मा विप्लव नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धपछि प्रहरीले देशभरि १ हजार २ सय ६४ जना विप्लव नेता कार्यकता पक्राउ गरिसकेको छ।
पक्राउमध्ये १ हजार १ सय १९ जनाविरुद्ध विभिन्न अभियोगमा मुद्दा चलाइएको थियो। ६४ जना रिहा भए। एक जनालाई मुद्दा चलाउन बाँकी छ। मुद्दा दर्तापछि ९ सय ८१ जना धरौटीमा छुटे भने १ सय ३० जना पूर्पक्षका लागि जेल चलान भएका छन्।
८९ जनालाई प्रहरीले अहिले पनि अनुसन्धान गरिरहेको जानकारी प्रवक्ता क्षेत्रीले दिए। पूर्पक्षमा कारागार चलान भएकामध्ये अधिकांशमाथि एनसेल टावरमा विस्फोट गराएको अभियोग छ।
प्रवक्ता क्षेत्रीले विप्लव वा नेकपाको नाम लिएर जो कोहीले चन्दा मागे तत्काल प्रहरीमा जानकारी गराउन आग्रह गरेका छन्। ‘केही स्थानमा बम विस्फोट र आगजनी गरेर डरत्रास देखाई विप्लव कार्यकर्ताले चन्दा मागेको सुनिन्छ,’ उनले भने, ‘जो जस्लाई चन्दा मागिएको छ, हामीलाई सूचना दिनोस्। हामी कारवाहीको दायरामा ल्याउँछौं।’ अन्नपूर्णपोष्ट दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस