काठामडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य अग्नि सापकोटाले आइतबार सभामुखको टोपीलगाउँदै छन् ।
सशस्त्र द्वन्द्वकालीन हत्याप्रकरणमा तानिए पनि सापकोटालाई सभामुख हुनबाट मौजुदा कुनै कानुनले रोक्दैन, तर आचारसंहिताले भने प्रश्न गर्छ ।
एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा प्रधानमन्त्री ओलीले पूर्व एमालेबाट सुवास नेम्बाङलाई सभामुख बनाउन खोज्नु न्यायिक प्रयास थिएन, पूर्व माओवादी केन्द्रलाई दिइएको सभामुख पदमा पूर्व एमाले ल्याउनु सन्तुलनका दृष्टिले बेठिक थियो ।
सभामुख पद पूर्व माओवादी केन्द्रलाई दिन डेढ महिनाको रस्साकस्सी भयो, प्रतिनिधि सभाको बैठक नै स्थागित भयो, शीर्ष नेताको कमजोरीका कारण राज्यले नै नोक्सान बहन गर्नुप¥यो ।
जे भए पनि अन्ततः मानसिक रुपले एकीकरणको संक्रमणमा रहेको नेकपाले पूर्व माओवादी केन्द्रबाटै सभामुख छानेर सन्तुलनको राजनीतिलाई सघायो । ढिलो आयो राम्रो आयो । यद्यपि सम्पूर्ण रुपले राम्रो हुन भने सकेन ।
पूर्व माओवादी केन्द्रबाटै सभामुख हुनु राम्रो भएपनि सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दा किनारा नलागेको अवस्थामा पार्टीले अर्को योग्य उम्मेदवार दिनुपथ्र्यो । हालै मात्रजारी नेकपाको आचारसंहिताको मर्म त्यही पार्टीका शीर्ष नेताहरुबाट उल्लंघन भयो ।
सापकोटा निर्दोष होलान, तर सार्वजनिक व्यक्तित्व बोकेका व्यक्तिमाथि जब औंला उठ्छ तब त्यसको निराकरण नभएसम्म उनीहरुले अलि बढी त्याग गर्नैपर्छ । पूर्व माओवादी केन्द्रमा सभामुख चलाउन सक्ने उचाइका कामरेड अरु थिएनन् र रु
निवर्तमान सभामुख कृष्णबहादुर महराले नैतिक आचार उल्लंघनको आरोपको ‘सिजन’ सुरु गरिदिएकाले हो कि, एकपछि अर्को गर्दै आचारसंहिता उल्लंघन भए ।
सबैभन्दा ठूलो आचारसंहिता नेकपाले उपसभामुख डा। शिवमाया तुम्बाहाम्फेलाई हैकमवादी शैलीमा‘राजीनामा दिन निर्देशन’दियो ।
नेपालसमाचाारपत्र दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस