बीबीसी – चीनका अधिकारीहरूले मानिसहरूलाई वुहान शहरतर्फ र त्यहाँबाट बाहिर यात्रा नगर्न आह्वान गरेका छन्। वुहान पछिल्लो भाइरसको सङ्क्रमणको केन्द्रमा रहेको चिनियाँ शहर हो। सो भाइरसका कारण हालसम्म नौ जनाको ज्यान गएको बताइएको छ।
झन्डै नब्बे लाख जनसङ्ख्या भएको वुहानका बासिन्दालाई भिडभाडमा नजान र सार्वजनिक जमघट कम गर्न भनिएको छ। उक्त कोरोनाभाइरस वुहानबाट अन्य चिनियाँ प्रान्तहरू एवम् संयुक्त राज्य अमेरिका, थाइल्याण्ड र कोरियामा समेत फैलिएको छ।
नयाँ खाले भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या ४४० पुगेको पुष्टि भएको छ। अधिकारीहरूले चीन उक्त भाइरस सङ्क्रमणको रोकथाम र नियन्त्रणको “सबैभन्दा संवेदनशील चरणमा” रहेको स्वीकार गरेका छन्।
यसै हप्ता चीनले उक्त भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरेको थियो। वैज्ञानिक भाषामा २०१९-एन सीओभी भनिएको उक्त भाइरस कोरोनाभाइरस वर्गको नयाँ प्रजाति भएको ठानिएको छ, जुन यसअघि मानिसमा फेला परेको थिएन।
सन् २००० को दशकको आरम्भतिर संसारभरी झन्डै ८०० मानिसको ज्यान लिएको सार्स भाइरस पनि एक प्रकारको कोरोनाभाइरस नै थियो।
नयाँ भाइरस सङ्क्रमणको सङ्केतहरूमा श्वासप्रश्वाससम्बन्धी लक्षण, ज्वरो, खोकी, श्वास नपुग्ने र श्वास फेर्न कठिनाइ हुने लगायतका पर्दछन्।
चिनियाँ अधिकारीहरूले रोगको सङ्क्रमण फैलन नदिन कडा उपायहरू अपनाइएको बताएका छन्।
त्यस्ता उपायमा वुहानबाट बाहिरिने सबैको ज्वरो मापन गर्ने र सार्वजनिक परिवहनका ठूला केन्द्रहरूमा निर्मलीकरण र उचित हावा प्रवाहको व्यवस्था गर्ने छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस