काठमाडौैं – थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरी लगायत जेलमा रहेका ११ जनाको मुद्धा फिर्ता गरी जेलमुक्त गर्नुपर्ने माग राख्दै मोर्चाले आन्दोलनको घोषणा गरेको हो ।
मोर्चाले टीकापुर घटनाको छानबिन गर्न बनेका समितिहरुले बनाएको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ । २० दिनभित्र आफ्ना मागहरु पुरा गर्न सरकारलाई आग्रह गरिएको मोर्चाका संयोजक लक्ष्मण थारुले बताए ।
‘टीकापुर घटना घटिसकेपछि गठन भएको आयोहरुको प्रतिवेदन किन सार्वजनिक गरिँदैन ? के हामी डाँका, चोर, फटाहा हो ? हामी ज्यानमारा हो ? थाहरुको शान्तिपूर्ण आन्दोलन जारी रहेका बेला कसको योजनामा टीकापुर घटना घटेको हो ? त्यो जान्न पाउने अधिकार हामीलाई छैन्’, उनले भने, ‘हाम्रो घरमा आगजनी हुन्छ, चोरी हुन्छ, हाम्रो घरमा रेप हुन्छ तर मुद्धा लाग्छ हामीलाई ज्यानमारा, ज्यान मार्ने उद्योग र डाँकाचोरीको । लोकतन्त्र यहि हो । संघीयता यहि हो ?’
खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आर के खम्बुले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अग्नि सापकोटालाई सभामुखमा सिफरिस गरेको प्रति संकेत गर्दै अदालतमा ज्यानमुद्धा चलिरहेका व्यक्तिलाई सभामुख बनाउने तरखर गर्ने तर झुठा मुद्धा लगाएर रेशम चौधरीर्लाइ कसरी जेलमा राखियो भन्दै प्रश्न गरे ।
मोर्चाका प्रवक्ता मिनराज चौधरीले थारु गाउँमा छापा मारी थरुहट नेता, अभियन्ता, युवा विद्यार्थी लगायतलाई धरपकड गर्ने र थारु महिलाहरुमाथि दुव्र्यवहार र बलात्कार समेत गरी थारु बस्तीहरु त्रसित बनाउनेहरुलाई कुनै कारवाही नभएको बताए ।
मोर्चाले माघ १४ गते प्रधानमन्त्री लगायत विभिन्न दका नेताहरुलाई १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने, माघ मसान्तसम्म प्रदेशदेखि वडा तहसम्म मोर्चाको समितिहरु विस्तार गर्ने, माघ १८ गते पहिचान पक्षहरुको बृहत अन्तरक्रिया धनगढीमा गर्ने, २४ गते संयुक्त राष्ट्रसंघ, कुटनीतिक नियोग, मानवअधिकार आयोगमा संघर्षका सम्बन्धमा पत्रबाट जानकारी दिने कार्यक्रम सार्वजनिक गरिएका छन् ।
त्यसैगरी फागुन १ गते कैलाली र काठमाडौंको माइतिघरमा आमरण अनसन बस्ने, २ गते धनगढी लगायत तराईका विभिन्न जिल्लामा जनप्रदर्शन गर्ने र मागहरु सुनुवाई नभए तीन दिने बन्द तथा आमहड्ताल घोषणा गर्दै ५ गते समिक्षा गरी अनिश्चितकालिन बन्द घोषणा गर्ने मोर्चाले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस