काठमाडौं– तीनवटा सुगर मिल्सको आर्थिक कारोबार रोक्का हुने भएको छ । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले उखु किसानहरुको रकम समयमा नै भुक्तानी नदिएको भन्दै उनीहरुको आर्थिक कारोबार रोक्का गर्न आन्तरिक राजस्व विभागमा पत्रचार गर्ने निर्णय गरेको छ ।
मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै अन्नपुर्ण, इन्दिरा र लुम्बीनी सुगर मिल्सको आर्थिक कारोबार रोक्का गर्न विभागमा पत्राचार गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
हालसम्म पनि ति उद्योगहरु मन्त्रालयको सम्पर्कमा आएका छैनन् । ति सुगर मिलले उखु किसानसँग माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता रकम बुझाउने सहमति गरेपनि अहिलेसम्म किसानको बक्यौता तिरेका छैनन् । सहमति मन्त्रालयको मध्यस्थतामा भएको थियो।
लुम्बीनी सुगर मिलका सन्चालक मनिष अग्रवालको मृत्यु भएको छ भने अव कसले चलाउने भन्नेमा मन्त्रालय नै वेखवर रहेको छ । अन्नपुर्ण र इन्दिर सुगर मिल राकेश अग्रवालको हो । राकेश भने अझै मन्त्रालयको सम्पर्कमा आएका छैनन्। मन्त्रालय सोमबार गृहमन्त्रालयलाई सम्पर्कमा नआएका सुगर मिलका सन्चालकलाई सम्पर्कमा ल्याउनको लागि आग्रह गर्दै पत्र समेत पठाई सकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस