मकवानपुर- मकवानपुरको थाहा नगरपालिका–४ दामनमा रहेको पानोरमा रिसोर्टमा मृत्यु भएका आठ भारतीय पर्यटकको सनाखत भएको छ ।
मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव, ९ वर्षीया बन्द्रा रहेका छन् ।
नेपाल घुम्न आएका १५ पर्यटकमध्ये आठको मृत्यु भएको हो । उनीहरु रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए । एउटै कोठामा आठ जना सुतेका ती पर्यटक आज बिहान बेहोस अवस्थामा फेला परेका थिए ।
पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुलाई हेलिकप्टरबाट काठमाडौँको ह्याम्स् अस्पताल लगिएको थियो । अचेत भएका ४ पुरुष र ४ महिलासहित ८ जना भारतीय पर्यटकलाई कैलाश एयरको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं पठाइएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरु १५ जनाको समूहमा काठमाण्डौको नागपोखरीमा रहेको इजी कम्पनीबाट हेटौँडा गएका प्रहरीको भनाई छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस