काठमाडौं – ‘मेरो के गल्ती छ ? एक जनाको दोषको म किन भागीदार बन्नेर ? एक जना चारित्रिक अपराधमा जेल जाने, मलाई सजाय हुनेर ? मैले उपसभामुख छाड्नुपर्ने कारण के हो ? पार्टीले लिखित देओस्।’
उपसभामुख डा. शिवमाया तुम्बाहाङफे आइतबार साँझसम्म नेकपा शीर्ष नेतृत्वलाई यही प्रश्न गरिरहेकी थिइन्। यस अवधिमा उनले सभामुख पदमा आफैं उम्मेदवार बन्न कोसिस पनि गरिन्। नेकपाले अग्निप्रसाद सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेपछि भने उनको दौडधुप काम लागेन। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आइतबार बिहान सापकोटाका विषयमा सहमतिमा पुगेका थिए।
उनी अन्तिमसम्म पनि प्रतिनिधिसभालाई नेतृत्वविहीन अवस्थामा छाड्न पदीय जिम्मेवारीले नदिने अडानमा रहिन्। उनले अन्ततः सोमबार उपसभामुख पदबाट राजीनामा दिएकी छन्। आफूलाई उपसभामुखमा निर्वाचित गराउने पार्टी नेकपालाई सभामुखमा उम्मेदवारी दिन उनले संवैधानिक रूपमै बाटो खोलिदिइन्। पार्टीले उम्मेदवार घोषणा नगर्दासम्म राजीनामा नदिने सर्त तेस्र्याएकी उनले आफ्नो अडान त जितिन् तर पदीय हैसियत जोगाउन सकिनन्।
४ पुसमा सुरु संसद्को हिउँदे अधिवेशन यो अवधिमा तीनपटक सूचना टाँस गर्दै स्थगन भयो। तर, उनले नेकपाले सभामुख उम्मेदवार चयन नगर्दासम्म राजीनामा नदिने अडानमा जितिरहिन्। संसदमा पनि उनले बैठकै राखेर आफूले राखेको अडानको बचाउ गरिन्। त्यसपछि मात्र पदबाट राजीनामा दिइन्। प्रतिनिधिसभाको पहिलो बैठकमा सोमबार उनले दुई पृष्ठको लिखित मन्तव्य दिइन्। त्यसपछि बैठक दुई घण्टा स्थगन गरी बानेश्वरस्थित आफ्नै कार्यकक्षमा संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईलाई बोलाई पदबाट राजीनामा दिइन्।
उनले राजीनामाअघि सोमबार बिहान ११ बजे प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष दाहालसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेकी थिइन्। त्यहाँ उनले आफ्नो राजीनामा प्रक्रियाका विषयमा छलफल गरेकी उनीनिकट स्रोतले बताएको छ।
उनले ओली र दाहालसँग आफूले कसरी राजीनामा दिने भन्नेबारे बेलीविस्तार लगाइन्( ‘पहिले संसद् बैठक चलाउने, त्यहाँ आफ्ना कुरा सांसदहरूबीच राख्ने र आफ्नो अडान संसदमा रेकर्ड गराउने, त्यसपछि पत्रकार सम्मेलन गर्ने र अर्को बैठक राखेर त्यही दिन राखेर ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक राखी सभामुख निर्वाचन प्रक्रिया थाल्ने।’
उनको राजीनामाका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल गर्न दाहाल बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। तुम्बाहाङफेलाई त्यहीं बोलाएर दुई अध्यक्षले छलफल गरेका थिए। अन्नपूर्णपोष्ट दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस