काभ्रे-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भैरवी अस्पतालको शिलान्यास गरेका छन् |
आज एक कार्यक्रमका बिच सांसद बस्नेतले काभ्रे पनौती नगरपालिका वडा नं. – ६ दूध मिल काभ्रेमा भैरव अस्पताल प्रा.ली.द्वारा ४० करोडको लागतमा १०० शैया सहितको सेवा प्रदान गर्ने लक्ष्यका साथ भवन निर्माणको शिलान्यास गरेका हुन् |
शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले शिक्षा, स्वास्थ्य, रोजगारी मानिसको मौलिक अधिकार भएको उल्लेख गर्दै उपचार नपाएर मानिसको अकालमा ज्यान जाने अवस्थाको अन्त्य गर्नु अहिलेको मुख्य चुनौति रहेको उल्लेख गरे ।
शिक्षा र स्वास्थ्यका क्षेत्रहरुमा सरकारले नै व्यवस्था गर्नुपर्ने जिम्मेवारी भएता पनि सार्वजनिक, नीजि तथा सहकार्य गरी गर्नु अहिलेको नेपालको अवस्थामा अपरिहार्य रहेको औंल्याउँदै उनले सरकारले विभिन्न रोगलाई दिएको सहयोग तथा स्वास्थ्य वीमालाई प्रभावकारी प्रयोग तथा उपयोग गर्नुपर्नेमा जोड दिए ।
७० वर्ष माथिका वृद्धवृद्धालाई एक लाखसम्मको उपचार खर्च व्यहोर्ने प्रकृया अघि बढाएको जानकारी गराउँदै पूर्वउद्योगमन्त्री समेत रहेका सांसद बस्नेतले अविकसितबाट अल्पविकसित मुलुकको बाटोमा अघि बढिरहेको अवस्थामा सांसदको भूमिका नीति निर्माणमात्र नभई विकासको पहलकर्ताको रुपमा समेत रहनुपर्ने बताए ।
काभ्रे र भक्तपुरलाई जोड्ने विभिन्न सडकहरु सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले काभ्रे र भक्तपुर अविकसित हैन अब विकसित जिल्लाको रुपमा परिचय बदल्दै लगेको बताए ।
१५ वेडको अस्पताल नपाको र १ सय बेडको प्रदेश सरकारको मातहतमा रहने प्रावधान रहेको समेत जानकारी गराए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस