काठमाण्डौ-एउटा अप्रत्याशित र अस्वभाविक परिस्थितिका कारण केही समयदेखि सभामुख पद रिक्त रहँदै आएकाे कुरा यहाँहरुलाई जानकारी नै छ। सार्वभाैम संसदकाे मकत्वपूर्ण अङ्ग प्रतिनिधि सभा लामाे समयसम्म सभामुखविहीन हुँदा उत्पन्न भएकाे जटिलता र यसले सिर्जना गरेका समस्याका बारेमा हामी सबै जानकार नै छाैँ । यस्ताे स्थिति अब कायम रहनु हुँदैन।
यसले छिटाे निकास पाउनु पर्छ भन्ने माननीय सदस्यहरुकाे भावनालाई मध्यनजर गर्दै पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराएकाे यहाँहरुलाई थाहा नै छ। अन्याैलपूर्ण अवस्थामा उपसभामुख पद रिक्त गरेर यस गरिमामय सदनलाई नेतृत्वविहीन राख्नु उचित नहुने मान्यताकाे आधारमा सभामुख चयनको ठोस आधार सिर्जना भएपछि आफूले मार्ग प्रशस्त गर्ने भनेर मैले सार्वजनिकरुपमा राखेको मान्यता सम्मानित सदनसमक्ष अभिलेखित गराउन चाहन्छु।
समावेशी लोकतन्त्र हाम्रो संवैधानिक व्यवस्थाको विशेषताको रुपमा रहेको छ। संविधानको यो मर्म अक्षर या वचनबाट होइन, हाम्रा अभ्यास र आचरणबाट मात्रै कार्यान्वयन हुन सक्छ भन्ने मलाई लाग्छ। राज्यको उच्च ओहदाहरुमा समाजका सबै अङ्गहरुको प्रतिबिम्ब झल्किन सके मात्रै वास्तविक अर्थमा लोकतन्त्र सुदृढ हुन सक्छ भन्ने यथार्थरुपमा संविधान निर्माणमा अगुवाइ गर्नु हुने राजनीतिक दल र नेतृत्व वर्ग सहमत हुनुहुन्छ भन्ने मैले आशा लिएको छु।
यसै विषयमा आधारित रहेर मैले आफ्नो धारणाहरु सम्बन्धित निकायहरुमा प्रस्तुत गरेकी हुँ। मेरा यी धारणाहरु कुनै अस्वभाविक महत्वकाङ्क्षा या अनुचित आग्रहबाट प्रेरित थिएनन् भन्ने कुरा म दृढ छु । यससम्बन्धी विभिन्न प्रतिकृयाहरु मैले नजिकबाट नियालेको छु। समयले यस बारेमा वस्तुनिष्ठ मूल्याङ्कन गर्ने नै छ भन्ने मेरो विश्वास छ।
लोकतन्त्र र खुला समाजमा हामीले गर्ने हरेक निर्णयहरु जनताको सुक्ष्म निगरानीमा रहेका हुन्छन्। तिनको औचित्य परीक्षा समयको कसीसँगै घोटिएर भएझै हुन्छ। निर्णय र सार्वजनिक जवाफदेहिताको बीचमा उचित सामञ्जस्यता हुनु पर्ने कुरा सबै सम्बन्धित पक्षले ध्यान पुर्याउनु पर्छ भन्ने मलाई लाग्छ। दलबाट सिफारिस या निर्वाचित भएर प्राप्त हुने जिम्मेवारी भएता पनि संवैधानिक ओहोदामा बसुन्जेल सम्बन्धित व्यक्ति दलको सम्बन्धबाट अलग रहेको हुन्छ। त्यस ओहोदामा रहँदा ऊ दलको निर्देशनमा होइन।
संविधान र कानुनको प्रबन्धअनुसार निर्देशित भएर क्रियाशील हुन्छ। मैले पनि यसैअनुसार नै इमान्दारिताका साथ कर्तव्य पूरा गर्ने प्रयास गरेको छु। तर कसैले पनि आफ्ना जराहरु बिर्सनु हुन्न । धरातल भुल्न हुन्न र स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्नु हुँदैन भन्ने कुरामा पनि म सचेत छु। विभिन्न पक्षहरुका बीचमा यस अन्योललाई निकास दिन चलिरहेको छलफललाई मैले सुक्ष्म अध्ययन गरिरहेको छु।
प्रतिनिधि सभामा बहुदल प्राप्त दलले आफ्नो तर्फबाट नेतृत्वको दावा गरेको अवस्था हाम्रा प्रचलित संवैधानिक र कानुनी अवस्थाका आधारमा त्यसलाई कार्यान्वयनका लागि मैले सहजीकरण गर्नु आवश्यक भएको छ। यसैअनुसार मैले मार्ग प्रशस्त गर्ने निष्कर्षमा पुगेको ब्यहाेरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु।
उपसभामुखको रुपमा विगत झण्डै दुई वर्षसम्म माननीय सदस्यहरुसँग बिताउन पाएको अवधि मेरो जीवनमा अविस्मरणीय र सुखद् अवधिको रुपमा स्मृतिमा रहने छ। एउटा महिला त्यसमाथि पनि एकल अवस्थामा रहेको र जनजाति पृष्ठभूमिबाट आएको म जस्तो व्यक्तिले जनताको सार्वभौम अधिकार अभ्यास गर्ने यस सर्वोच्च र गरिमामय अङ्गको नेतृत्व गर्न पाएको अवसरलाई अत्यन्त महत्वपूर्ण ठानेकी छु।
यसको श्रेय हाम्रो लोकतान्त्रिक प्रणाली र राजनीतिक दलहरुलाई जान्छ । समावेशी लोकतन्त्रका माध्यमबाट न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्ने अभियानमा म भिन्न रुपमा अविचलित र विश्रान्तरुपमा क्रियाशील भइरहने छु ।
मलाई कर्तव्य निर्वाहको सिलसिलामा प्राप्त सहयोगका लागि माननीय सदस्यहरु र संसद सचिवालयका कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छु । धन्यवाद !
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस