,काठमाडौं – नेपाली सेनामा अहिले शैक्षिक प्रमाणपत्रको छानविन कार्यलाई प्राथमिकतापूर्वक अघि बढाएको समाचार छ । २०–२५ वर्षदेखि नेपाल सेनामा कार्यरत अधिकृत दर्जादेखि जवानसम्मका सैनिकहरुको शैक्षिक प्रमाणपत्रलाई छानविनको दायरामा ल्याइएपछि सेनामा एक खालको तरंग सिर्जना भएको छ ।
यति लामो अवधिमा सेनामा जागिर खाइसकेपछि अहिले एकाएक छानविनका थालनी भएपछि सेवा छनोटकै बेला गरिनुपर्ने छानविनको कार्य किन अहिले गरिदैछ भन्ने प्रश्न पनि यससँगै उठेको छ ।
साँघु साप्ताहिकले लेखेको खबर अनुसार,माओवादी सेनाबाट समायोजनका क्रममा नेपाली सेनामा प्रवेश गरेका लडाकुहरुको शैक्षिक योग्यता क कस्तो अवस्थामा छ भन्ने चर्चा पनि यससँगै चुलिएको बताईन्छ ।
बढुवाका प्रक्रियामा एउटालाई एकथरी र अर्कोलाई अर्कोथरी मापदण्ड समेत किन अपनाईदै छ भन्ने प्रश्न समेत सिर्जना भएको छ ।
सेवा प्रवेशका क्रममा सुरुमा नै गर्नुपर्ने प्रक्रिया अहिले सुरु गर्दा एकखालको आशंका र अविश्वासको वातावरण सिर्जना भएको नेपाली सेना स्रोतको भनाई छ ।
नेपाली सेनाको महत्वपूर्ण मानिने सैनिक गुप्तचर विभागले आतंककारीको गतिविधि निगरानी, राष्ट्रघाती तथा देशद्रोही कार्यको सुचना संकलन, सीमा सुरक्षा र अपराध आदिको अनुगमन गर्नुपर्नेमा सैन्य स्रोत र साधनलाई आफ्नै अधिकृत तथा जवानको पछाडी किन जासुसी गर्न व्यस्त बनाईएको भन्ने चासो र कौतुहल समेत पैदा भएको छ, यतिबेला नेपाली सेनामा ।
सैनिक स्रोतका अनुसार, अहिले मुलुकमा नेत्र विक्रम चन्द नेतृत्वको विद्रोही नेकपाका शसस्त्र गतिविधि, अन्य सुरक्षाका विषयमा अनुसन्धान, निगरानी गर्ने कार्यलाई प्राथमिकतामा पार्नुको साटो आफ्नै संगठनका अधिकृतहरुका पछाडि जासुसी गर्न, निजी र आन्तरिक मामिलामा प्रवेश गर्ने कार्यलाई कतिपयले नेपाली सेनामा असन्तुष्टी समेत प्रकट गरेको पाईन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस