काठमाडौं – प्रतिनिधिसभाको बैठक शुरू भएको एक महिना पूरा भइसक्दा समेत सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले सभामुखको टुंगो लगाउन नसक्दा संसद् नै बन्धक हुन पुगेको छ।
सत्तारूढ दलभित्रको आन्तरिक विवादको कारण रिक्त सभामुखमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न नसकेको हो। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुखका आ–आफ्नै अडानको कारण संसद् बैठक यसअघि तीनपटक स्थगित भइसकेको छ।
आगामी संसद्को बैठक माघ ६ गतेका लागि बोलाइएको छ। तर सत्तारूढ दलले भने सभामुख चयनमा अझै सहमति जुटाउन सकेको छैन।
सभामुख चयन प्रक्रिया अगाडि बढाउन यसअघि नेकपाबाट उपसभामुख बन्नुभएका डा। शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गर्न निर्देशन थियो।
तर उपसभामुख तुम्बाहाम्फेले सभामुख बनाउने सुनिश्चितता नगरेसम्म पदबाट राजीनामा नगर्ने अडान राख्दै आउनुभएको छ। जसको कारण नेकपालाई सभामुखको उम्मेदवार टुंगो लगाउन कठिनाइ भएको छ।
प्रधानमन्त्रीले नेकपा संसदीय दलका उपनेता सुभाष नेम्वाङ र प्रचण्डले अग्नी सापकोटा, हरिबोल गजुरेल पम्फा भुसालको नाम अगाडि सार्दै आउनुभएको छ। तर उपसभामुखले राजीनामा नगर्दासम्म सभामुख चयनको प्रक्रिया अगाडि बढ्न सक्दैन।
शुक्रबार प्रधानमन्त्री ओली र प्रचण्डबीच भएको छलफलमा शनिबारसम्म नयार् सभामुखको नाम टुंगो लगाउने सहमति भएको थियो। तर शनिबार प्रधानमन्त्री ओली र प्रचण्डबीच सभामुख चयनका बारेमा छलफल हुन सकेन। नेपालसमाचारपत्र दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस