काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक आइजिपी बन्न दौडधुप सुरु भएको छ । यही माघ २९ देखि महानिरीक्षक सर्वेन्द्र खनालले सेवाबाट अवकाश पाउँदैछन्।
आइजिपी खनाल र तीन एआइजिपी पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतले एकसाथ अवकाश पाउने भएपछि फेरि पनि डिआइजीबाटै नयाँ आइजिपी बनाउनुपर्ने अवस्था आएको छ।
नागरिक दैनिकका अनुसार, यसअघि पनि सरकारले डिआइजीबाटै आइजिपी नियुक्त गरेको थियो। नेपाल प्रहरीमा अहिले तीन एआइजी छन्।
अवकाश पाउन लागेका एआइजिपी खनालका ब्याची हुन्। आइजिपी र तीन एआइजीसँगै १८ प्रहरी नायब महानिरीक्षक ९डिआइजी० ले पनि सेवाबाट अवकाश पाउँदै छन्। खनाल, कार्की, राई र बस्नेत २०४६ माघ २९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए।
९०औं ब्याचमा प्रहरी सेवामा प्रवेश गरेका उनीहरूले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका हुन्। प्रदेश १ का डिआइजी ठाकुर ज्ञवाली र सुदूरपश्चिमका डिआइजी तारणी लम्साल आइजिपीका दाबेदार देखिएका छन्।
आइजीपी खनालसँगै तीन एआइजिपी पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतले अवकाश पाउने भएपछि फेरि पनि डिआइजीबाटै नयाँ आइजीपी बनाउनुपर्ने अवस्था आएको छ।
एआइजिपीका लागि पनि दौडधुप सुरु भएको छ। २०४९ वैशाख १९ गते सेवा प्रवेश गरेका थापा, पाल, शाही, कार्कीसँगै २०४९ चैत ११ गते भर्ना भएका विश्वराज पोखरेल पनि एआइजिपीका दाबेदार हुन्।
पोखरेल ९१औं ब्याचका वैकल्पिक उम्मेदवारका रूपमा सेवामा पसेका थिए। हालका एसएसपी पुरुषोत्तम कँडेल, गणेश ऐर, घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, देवबहादुर बोहोरा, वसन्तकुमार पन्त पोखरेलभन्दा ११ महिनाअघि प्रहरी संगठनमा प्रवेश गरेका भए पनि एसएसपीमा बढुवा हुँदा पोखरेल वरीयतामा अघि परेका थिए।
प्रहरी नियमावली अनुसार आइजिपी नियुक्त गर्दा ज्येष्ठता, कार्यदक्षता र कार्यसम्पादन मूल्यांकनलाई आधार मान्ने गरिन्छ। प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ मा महानिरीक्षक पदमा बढुवा गर्दा नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक एआइजी मध्येबाट गर्ने उल्लेख छ। एआइजिपी नभएको अवस्थामा डिआइजीमध्येबाट आइजिपी बनाउन सकिनेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस