काठमाडौं –
प्रेमध्वज प्रधानले आफ्नै खर्चमा मुम्बईमा रेकर्ड गराएको ‘घुम्तीमा नआऊ है’ गीतमा म्युजिक नेपालको व्यापार
अम्बर गुरुङका गीत उनकै छोरा– नातिले युट्युबमा अपलोड गर्दा म्युजिक नेपालको कपिराइट दाबीले डिलिट हुन्छ
भक्तराज आचार्यका चार एल्बमको रेकर्डिङ रेडियो नेपालमा– कपिराइट म्युजिक नेपालमा, रोयल्टी वार्षिक आठ हजार
‘यस्तो पनि हुँदो रहेछ’जस्ता १५० गीत लगेको म्युजिक नेपालले यादव खरेललाई अहिलेसम्म जम्मा सात हजार दिएको छ
सन् १९७० अर्थात् ०२७ तिर प्रेमध्वज प्रधान मुम्बईमा थिए । चर्चित संगीतकार मनोहर सिंहसँग संगत थियो । मनोहरले सुझाब दिए– गीति एल्बम निकाल्नुस् । रहर त थियो, तर उनीसँग पर्याप्त लगानी थिएन ।
दुःख गरेर पैसाको जुगाड गरे । मनोहरले नै म्युजिक एरेन्ज गरिदिए । यसरी १० गीतको एल्बम तयार भयो । २४ वटा कपी बोकेर प्रेमध्वज काठमाडौं आए । अनि रेडियोमा गुन्जिन थाल्यो– घुम्तीमा नआऊ है । गायक र संगीतकारका रूपमा प्रेमध्वजको चर्चा चुलियो । सँगै थियो अर्को गीत– मेरो मखमली घामको झुल्काझुल्का मायालु ।
यसबारेमा सोधखोज हुन थालेपछि म्युजिक नेपालका सञ्चालक सन्तोष शर्माले फोन गरेर प्रेमध्वजलाई भने, ‘तपाईंलाई सम्मान गर्ने तयारी गर्दै छौँ, नगद पुरस्कार पनि दिन्छौँ ।’ प्रेमध्वजले जवाफ फर्काए, ‘तपाईंको सम्मान र पुरस्कार म लिन सक्दिनँ । मैले मुम्बईमा दुःखले रेकर्ड गरेको गीत तपाईंले सोध्दै–नसोधी बेचिदिनुभयो । तपाईंको पुरस्कार होइन, क्षतिपूर्ति चाहिन्छ ।’
त्यो गीत मात्र होइन, उनले रेडियो नेपालमा रेकर्ड गराएकामध्ये करिब ४० गीत विनाअनुमति म्युजिक नेपालले बिक्री–वितरण गरिरहेको छ । ‘मेरो छोराले अमेरिकाबाट खबर गरेपछि मात्र थाहा पाएँ ।
त्यस्तै, रत्न रेकर्डिङबाट उत्पादन भएका मेरा अरू गीत पनि उनीहरूले विनाअनुमति व्यवसाय गरिरहेका छन्,’ प्रेमध्वजले नयाँ पत्रिकासँग भने ।
०४६ ४७ तिर उनले केही गीत म्युजिक नेपालमै पनि रेकर्ड गराएका थिए । त्यसवेला ‘घाइते जवानी’ एल्बममा १० वटा गीत रेकर्ड भएका थिए । जब कि, त्यो गीत गाएको मात्र होइन, संगीत पनि उनले नै तयार पारेका हुन् ।
तर, रोयल्टीबापत उनले के पाए रु अहिलेसम्म जम्मा ४५ सय । उनी भन्छन्, ‘तर, त्यति ठूलो मिहिनेतबाट मलाई ०५१ मा एक हजार दिएका थिए । त्यस्तै, १०र१२ वर्षपछि रोयल्टी भनेर ३५ सय रुपैयाँ दिएका थिए ।’ त्यसपछि उनले आफ्ना सिर्जनाबारे कुनै जानकारी पाएका छैनन् ।
म्युजिक नेपालमा ०४६ मा गीत रेकर्ड गर्दा सम्झौता तीन वर्षको मात्र थियो । तर, सिर्जनाहरू म्युजिक नेपालले ३० वर्षसम्म बेचिरहेको छ । ‘हुन सक्छ कतिपय गीत उनीहरूले गीतकारबाट अनुमति लिएका होलान्, तर एउटा सर्जक म हुँ, गीतकार, संगीतकार र गायक तीनै पक्षसँग सम्झौता नगरेसम्म त्यसको सर्वाधिकार कुनै पनि पक्षले प्राप्त गर्न सक्दैन,’ कानुनी उपचारको तयारी गरिरहेका प्रेमध्वज भन्छन् ।
अम्बर गुरुङले कति गीत गरे, यकिन तथ्यांक छैन । तर, सबैजसो गीत म्युजिक नेपालले लगेको छ । अम्बर गुरुङका छोरा किशोर भन्छन्, ‘मसमेत सहभागी भएर सन् १९८६÷८७ तिर पुल्चोकको स्याङ स्टुडियोमा ‘कहिले लहर कहिले तरंग’ एल्बम रेकर्ड गराएका थियौँ ।
त्यतिवेला क्यासेट निस्किएको थियो । पछि त्यो एल्बमलाई सिडीमा निकाल्न म्युजिक नेपालले सम्झौता ग(यो । त्यही सम्झौताका आधारमा एल्बमका गीतहरू म्युजिक नेपालले संसारभर बेचिरहेछ ।’
अम्बर गुरुङ सक्रिय रहुन्जेल म्युजिक नेपालले कति रोयल्टी दियो प्रेमध्वज प्रधानकै उदाहरणबाट अनुमान गर्न सकिन्छ । तर, सन् २०११ यता एक रुपैयाँ पनि नदिएको दाबी गर्छन् किशोर । ‘मैले एउटा कार्यक्रममा म्युजिक नेपालका सञ्चालक सन्तोष शर्मालाई भेटेको थिएँ । गीत कहाँ–कहाँ, कसरी राखिएको छ र बेचिएको छ त्यसको विवरण दिनुस् भनेको थिएँ ।
तर, उहाँले अहिलेसम्म चासै राख्नुभएको छैन,’ उनी भन्छन्, ‘अझ, रेडियो नेपालमा बुबाले रेकर्ड गराउनुभएका गीत चाङका चाङ उठाएर म्युजिक नेपालले लगेको रहेछ । ती गीतबाट कति कमाइ भयो हामीलाई जानकारी छैन ।’
रेडियो नेपालमा रेकर्ड भएका र अम्बर गुरुङले संगीत भरेका गीतको सर्वाधिकार म्युजिक नेपालको भनेर डिजिटल प्लेटफर्ममा आउँछ । यो वास्तविकताले किशोरलाई आश्चर्यचकित पार्छ । ‘बुबाका गीतमा म्युजिक नेपालको सर्वाधिकार कसरी भयो रु अझ, हामीले गीत अपलोड गर्न खोज्दा म्युजिक नेपालले कपिराइट दाबी गर्छ र हाम्रो कन्टेन्ट अपलोड हुँदैन । योसम्मको ठगी हामीले कसरी सहने रु’ उनी प्रश्न गर्छन् ।
अम्बर गुरुङका छोराजस्तै आक्रोशित छन् भक्तराज आचार्यका छोरा सत्य र स्वरूपराज । भक्तराजसँग म्युजिक नेपालले विभिन्न एल्बमका लागि थरीथरीका सम्झौता गरेको छ । ०४३ मा भक्तराजसँग म्युजिक नेपालले पहिलोपटक समर्पण एल्बमका लागि सम्झौता गरेको थियो । ‘त्यसमा केही भक्तिगान छन् । तीन÷तीन महिनामा रोयल्टी भुक्तानी गर्ने भनिएको छ, तर हामीलाई हिसाब–किताबबारे जानकारी कहिल्यै पनि दिएनन्,’ सत्यराज भन्छन् । अर्को एल्बम समर्पण–२ का लागि ०५० मा भक्तराज र म्युजिक नेपालबीच सम्झौता भएको थियो । त्यसमा ११ गीत छन् । त्यस्तै, ०५७ मा आधुनिक गीतको एल्बम ‘हजार सपना’का लागि सम्झौता भएको थियो ।
यो एल्बममा ‘जति चोट दिन्छौ, देऊ मायालु’ र ‘हजार सपनाहरूको माया लागेर आउँछ’ जस्ता १२ गीत छन् । सबै गीत रेडियो नेपालमा रेकर्डिङ भएका हुन् । उत्पादन स्वामित्व उसैको हुन्छ । तर, भक्तराजलाई झुक्याएर सर्वाधिकार नै म्युजिक नेपालमा हुने सम्झौता गरिएको छ । ‘अझ यो करारनामा म्युजिक नेपाल उद्योग सञ्चालन भएसम्म लागू हुने भनिएको छ ।
यो कस्तो खालको करार हो रु’ सत्यराज प्रश्न गर्छन्, ‘त्यस्तै, ०५७ सालमै समर्पण–३ का लागि सम्झौता भएको थियो । त्यो सम्झौतामा समय–सीमा नै तोकिएको छैन ।’
चारवटा एल्बमका यति धेरै गीत हिट भए तर भक्तराजलाई म्युजिक नेपालले वर्षमा आठ हजार रुपैयाँमात्र दिन्थ्यो ।
‘त्यो पनि अधिकारको रुपमा होइन, बक्सिसजस्तो गरेर । हामीले आवाज उठाउन थालेपछि ‘तपाईंहरूको रोयल्टी बढेर वार्षिक १७ हजार पुगेको छ’ भनेका थिए तर हामीले लिएका छैनौँ,’ छोरा भन्छन् ।
नयाँपत्रिका दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस