भक्तपुर-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकास र समृद्धिको लागि सवै जनप्रतिनिधि सडकमा ओर्लिएकोमा सम्बन्धीत निकायले अपेक्षा गरेभन्दा बढी साथ र सहयोग गरेको उल्लेख गरेका छन् ।
नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङको प्रमुख आतिथ्यतामा, हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ सामुदायीक प्रहरी साझेदारी अन्तर्गत शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि सडक सुरक्षा एवम् सुरक्षा सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरमा सडक, ढल, सरसफाई, हरियाली वातावरण, शान्ति सुरक्षालगायतका भक्तपुरमा हुने सवै प्रकारका विकास निर्माणमा जनप्रतिनिधिको साथ साथै प्रहरी प्रशासन, नेपाली सेना, शसस्त्र प्रहरी, विद्यालय, सडक विभाग, खानेपानी, विभिन्न संघसंस्थालगायतका संम्बन्धीत निकायले एक ढिक्का भई अघि बढ्न सफल हुनु नै भक्तपुरका जनताको विकास प्रतिको चाहना पुरा हुँदै गएको बताए ।
उनले भने , ‘भक्तपुरका सवै जनप्रतिनिधि सडमा ओर्लियौं, प्रहरी प्रशासनले अचम्मको सहयोग गर्नुभएको छ । हाइवेल, नदी तथा वातावरणलगायतका क्षेत्रहरुको सरसफाई जनप्रतिनिधिको प्राथमिकतामा नपर्ने सोचाईलाई अन्त्य गराउँदै देशमा नै उदाहरणीय कार्य भएको छ । सडकमा आकाशे पुल, सफाई, सोलार बक्ती, ट्राफिक लाईट, सुरक्षा, हाइवे सौन्दर्यलगायतका बनाउने कार्यमा जनप्रतिनिधिको साथमा जनता तथा सवै निकायहरु एक ढिक्का भई लाग्नु नै समृद्धिको आधार तयार भएको हो ।’
भक्तपुरको विकासमा तीनवटै सरकारको सहकार्य रहेको उल्लेख गर्दै सांसद बस्नेतले संघिय सरकारले मनोहरा, राधेराधेमा पुल, चारदोवाटोमा ठूलो आकोश पुल बन्ने क्रममा रहेको जानकारी गराए । प्र
देश सरकार र स्थानीय सरकारले मनोहरा र राधेराधेमा आकाशे पुल बन्ने क्रममा रहेको उल्लेख गर्दै सूर्यविनायकदेखी राधेराधेसम्म सडकमा दुवो लगाउने, बारमा रङ लगाउने, विरुवा रोप्ने लगायतका कार्यहरु वातावरण विभागले ८० लाखको लागतमा बनाउने कार्य तिव्र साथै उज्यालो भक्तपुर बनाउने अभियान अन्तरगत मनोहरादेखी राधेराधेसम्म ४२० वटा सोलार बक्ती लगाउने कार्य धमाधम भइरहेको समेत उल्लेख गरे ।
हनुमन्ते नदीको करिडोर निर्माण सम्पन्न भएसँगै कोटेश्वर जडिबुटीको सवारी जामको समस्या समाधान हुने बताउँदै उनले जडिबुटी कोटेश्वरको सवारी जामलाई न्युनिकरण गर्न भौतिक मन्त्रालय तथा पर्यटन मन्त्रालयको सहकार्यमा भएका विभिन्न समस्याहरु समाधान भएको जानकारी गराए ।
हनुमन्ते नदीको करिडोर निर्माण रोक्नु भनेको मानिसको हत्या गर्नु जस्तै भएको बताउँदै उनले हनुमन्ते कोरिडोर निर्माणलाई व्यवस्थित तथा प्रभावकारी बनाउन हनुमन्ते नदी जग्गा एकिकरण आयोजना सञ्चालन गर्ने प्रकृयामा रहेको जसबाट कसैको जग्गा नहराउने स्पष्ट पारे ।
कोटेश्वरको जाम न्युनिकरण गर्न कोटेश्वरमा सुरुङ मार्गको निर्माण कार्य शुरु भएको जानकारी गराउँदै उनले भने , ‘रिसाएको जाइकालाई फकाइएको छ अब सूर्यविनायकदेखी धुलिखेलसम्म ६ लेनको सडक बन्छ । मन्त्रालयसँग विगतमा भएका समस्यालाई समाधान गरी आगामी दिनलाई व्यवस्थित र प्रभावकारी तवरले कार्य सम्पन्न गर्ने सहमति भएको छ । यसको अब कार्यान्वयन हुन्छ ।’
भक्तपुरलाई विकास र समृद्धिको नमुना जिल्लाको रुपमा विकास गर्ने योजना उल्लेख गर्दै उनले भने , फोहोर व्यवस्थापन लगायतका काम गर्न प्रत्येक १०० मिटरमा समुदाय गठन गरौं, समुदाय प्रहरी साझोदारी कार्यक्रमसँग जोडौं । सवै समस्या समाधान गर्न उल्लेख्य सुधार हुन्छ ।’
भक्तपुरको माटोको र बाटोको अनुभव भक्तपुरवासीसँग रहेको उल्लेख गर्दै उनले सडक दुर्घटनाका कारण ठूलो मात्रामा मानिसले अकालमा ज्यान गुमाउनुपरेको समेत बताए । उनले भने , ‘जनयुद्धमा १७ हजार मानिस गुमाएको तर १० वर्षमा सडक दुर्घटनाबाट करिव २२ हजार मानिस गुमाएका छौं । सडक दुर्घटनाबाट हुने क्षतीको जिम्मा हामी सवैले लिनुपर्छ । आगामी दिनमा व्यवस्थित योजनाका साथ अघि बढे दुर्घटना न्युनिकरण गर्न सकिन्छ ।’
यस्तै सवैले जनमुखी समाज परिवर्तनको सपना देखे परिवर्तन गर्न लामो समय नलाग्ने उल्लेख गर्दै उनले भक्तपुर प्रहरी प्रशासन शान्ति सुरक्षा, सडक सुरक्षालगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए । उनले भने , ‘डिएपी शान्तिराज कोइरालाले तीन महिना अघि भक्तपुरका सवै सहकारीले थोरै थोरै सहयोग गरे तीन चारवटा मोटरसाइकल ट्राफिकलाई सहयोग गर्न सके जुनसुकै शान्ति, सुरक्षा दिन भक्तपुर प्रहरी सफल हुने योजना सफल भएको छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस