काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गायिका आस्था राउतलाई चेकजाँचको क्रममा प्रहरीले ‘दुर्व्यवहार’ गरेको विषयमा पछिल्लो समय पक्ष र विपक्षमा बहस भइरहेको छ ।
१ माघमा भद्रपुर जाने क्रममा विमानस्थलको आन्तरिक टर्मिनलमा चेकजाँचका क्रममा गायिका राउत र महिला प्रहरीबीच विवाद भएको थियो । यो विवादमा कसैले प्रहरीको आलोचना गरेका छन् भने केहीले गायिका राउतकै कमजोरी औँल्याएका छन् ।
नयाँ पत्रिका दैनिकले लेखेको खबर अनुसार, गायिका राउतले आफूलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो राखेपछि विवाद सुरु भएको थियो । प्रहरीले सार्वजनिक गरेको सिसिटिभी फुजेटअनुसार कफी र ज्याकेटलाई लिएर विवाद सुरु हुन्छ । एक्सरे गेटबाट प्रवेश गरेपछि महिला प्रहरीले ज्याकेट खोल्न आग्रह गर्दा राउत रिसाउँछिन् ।
हातमा रहेको कफीको कप पनि राख्न लगाउँछिन् । आक्रोशित हुँदै राउत ज्याकेट डेटल डिटेक्टर मेसिनमा राखेर चेकिङमा आउँछिन् । महिला प्रहरी रमिता श्रेष्ठले शरीर चेकजाँच गरी उनलाई कफी फिर्ता दिन खोज्छिन् । उनी लिन मान्दिनन् ।
उल्टो प्रहरीलाई गाली गरेपछि विवाद सुरु भएको देखिन्छ । त्यही क्रममा उनको कफी झोलामा पोखिन्छ । महिला प्रहरीले सुरुमा हात तानेर जबर्जस्ती दिन खोज्छिन् ।
पछि झोलाभित्रै राखिदिन खोजेपछि भनाभन हुन्छ । त्यही विषयलाई लिएर राउतले आफूलाई प्रहरीले दुव्र्यवहार गरेको भन्दै फेसबुकमा भिडियो राखेपछि विवाद सार्वजनिक भएको हो ।
प्रहरीले त्यसको ‘काउन्टर’मा शुक्रबार सिसिटिभी भिडियो सार्वजनिक गरेको छ । भिडियोमा प्रहरी चेकजाँचलाई राउतले असहयोग गरेको देखिन्छ । तर, प्रहरीले आफ्नो बचाउका लागि विमानस्थलको संवेदनशील भिडियो अनौपचारिक रूपमा सार्वजनिक गरेको हो ।
प्रहरी प्रवक्ता डिआइजी सैलेश थापा क्षत्री भन्छन्–ठूलो संगठन भएकाले कहिलेकाहीँ कमजोरी हुन सक्छ । प्रहरीको व्यवहारमा व्यापक परिवर्तन आइसकेको छ ।
प्रहरीमाथि लगाएका आरोपमा राउतले माफी मागेकी छिन् । तर, आफूमाथि दुर्व्यवहार नै भएको उनको दाबी छ । ‘तँ’ भनेर हेपेको तथा कफी झोलामा पोखिदिएको उनको आरोप छ ।
गायिका राउतले आफूलाई दुर्व्यवहार गरेको भन्दै महिला प्रहरीले महानगरीय प्रहरी कार्यालयमा उजुरी गरेपछि यो प्रकरण झन् पेचिलो बनेको छ । यस विषयमा विस्तृत अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी सैलेश थापा क्षत्रीले बताए ।
विमानस्थलको सो प्रकरणको प्रारम्भिक अनुसन्धानमा प्रहरीको कुनै कमजोरी नदेखिएको उनको दाबी छ । ‘७५ हजारभन्दा ठूलो संगठनमा सानातिना कमजोरी हुन सक्छन्,’ उनी भन्छन्, ‘त्यही विषयलाई लिएर समग्र प्रहरीलाई नराम्रो भन्नु गलत हो, पछिल्ला वर्ष प्रहरीले आफ्नो व्यवहारमा व्यापक सुधार गरेको छ ।’
समग्रमा प्रहरीको व्यवहार रुखो रहेको राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी बताउँछिन् । ‘सर्वेन्द्रजी र पुष्करजीले राम्रोसँग बोलेर मात्र प्रहरीप्रति जनता खुसी हुन सक्दैनन्,’ उनी भन्छिन्, ‘प्रत्यक्ष रूपमा जनतासँग डिल गर्ने प्रहरीको व्यवहारमा आमूल परिवर्तनको खाँचो छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस