काठमाडौँ- विभिन्न राजनीतिक दलका नेता तथा नागरिक समाजका अगुवाहरुले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई वार्ताको माध्यमबाट सहमतिमा आउन आग्रह गरेका छन् । नेपाल पत्रकार तथा लेखक समाज र धर्मसभा राष्ट्रिय मञ्चद्वारा आज यहाँ आयोजित ‘देशको वर्तमान परिस्थिति र भविष्य’ विषयक अन्तरक्रियामा नेकपा (माले)का महासचिव सिपी मैनालीले चन्द नेतृत्वको नेकपालाई मूल धारमा ल्याएर राजनीतिक समाधान खोज्नुपर्ने धारणा राखेका छन् ।
महासचिव मैनालीले चन्दले शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न छाडेर विद्रोहको बाटो अवलम्बन गर्नु गलत भएको धारणा राखे । उनले भने, “अब देशले द्वन्द्व सहन सक्दैन र यो कसैले पनि रुचाएको छैन । त्यसैले चन्द समूहले विद्रोहको बाटो त्याग्ने र सरकारले पनि वार्ताको माध्यमबाट समाधान निकालेर राष्ट्रिय एकता कायम गर्नुपर्छ ।”
सीमाविद् डा शास्त्रदत्त पन्तले सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयकका कमीकमजोरीलाई सच्याउनुपर्ने माग गरे । नेपाल बौद्धिक मञ्चका अध्यक्ष डा केबी रोकाय र प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्कीले सरकारले इन्डो–प्यासिफिक रणनीति र एमसिसी सम्झौता गर्दा राष्ट्रिय हितलाई हेर्नुपर्ने कुरामा जोड दिएका छन् ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा क्रान्तिकारी पत्रकार सङ्गठनका उपाध्यक्ष जन्मदेव जैसीले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नहुने गरी ऐन ल्याउनु पर्दछ भने । वरिष्ठ पत्रकार प्रेम कैदी र नेपाल पत्रकार तथा लेखक समाजका अध्यक्ष गोरखबहादुर बिसीले नेपाली समाजको रुपान्तरणका लागि बुद्धिजीवी, नागरिक समाज, लेखक तथा पत्रकारहरुले सक्रिय भूमिका निर्वाह गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस