काठमाडौँ- नेपालमा रेल चालक र सहचालकको शैक्षिक योग्यता कम्तीमा माध्यामिक तह हुनुपर्ने भएको छ ।
रेल्वे सेवा सञ्चालनका लागि सरकारले ल्याएको रेल्वे विधेयकमा रेल चालक र सहचालकको शैक्षिक योग्यता कम्तीमा माध्यामिक तह (दश जोड दुई) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख गरिएको हो ।
विधेयकको दफा २३ उपदफा १ को (क) मा कम्तीमा माध्यमिक तह (दश जोड दुई) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ ।
रेल चालकका लागि कम्तीमा कक्षा १२ वा सो सरहको अध्ययन गरेको हुनुपर्ने व्यवस्था रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताए |
त्यस्तै, नेपाल रेल्वे बोर्डबाट मान्यताप्राप्त प्रशिक्षण संस्थाबाट रेल चालउन योग्य भएको प्रमाणपत्र प्राप्त गरेको, रेल चालकको हकमा कम्तीमा पाँच वर्ष सहचालकका रुपमा काम गरेको योग्यता तोकिएको छ ।
विधेयकमा चालक र सहचालक दुवैको न्यूनतम र अधिकतम उमेरसमेत उल्लेख गरिएको छ । चालकका लागि २५ वर्ष र सहचालकका लागि २० वर्ष पुग्नुपर्ने तथा ५० वर्ष नपुगेको हुनुपर्ने विधेयकमा उल्लेख छ । कुनै पनि व्यक्तिले अनुमति नलिइ रेल चलाउन पाइँदैन । अनुमतिबिना चलाएमा छ महिनासम्म कैद र रु ५० हजारसम्म कैद हुनेछ ।
रेल चालक वा सहचालक अनुमतिपत्र अरुलाई दिँदा पनि छ महिनासम्म कैद र रु ५० हजारसम्म जरिवाना हुनेछ । उहाँले भन्नुभयो, “विधेयकमा चालक र सहचालक दुवै हुन योग्य हुनुपर्ने व्यवस्था गरिएको छ ।”
सो विधेयक अहिले राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा पठाउने तयारी भइरहेको छ । विधेयकले रेलको र यात्रुको सुरक्षाका विषयमा पनि उल्लेख गरेको महानिर्देशक मिश्रको भनाइ छ ।
रेल यात्राका क्रममा यात्रुलाई क्षति पुग्दा त्यसको क्षतिपूर्तिको व्यवस्थासमेत विधेयकमा समेटिएको छ । रेलको सुरक्षाका लागि प्रहरी एकाइको व्यवस्था गर्न सकिनेछ । उहाँले भन्नुभयो, “समग्रमा रेलको भविष्यसम्मको कल्पना विधेयकमा गरिएको छ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस