काठमाडौं – सन् २००३ मा चीनलगायत ३० देशमा महामारीको रूप लिएको सार्स र सन् २०१२ मा मध्यपूर्वमा देखिएको मर्सजस्ता प्राणघातक रोग फैलाउने कोरोना प्रजातिको भाइरस नेपालमा मानिसमै देखिएको छ ।
नयाँ पत्रिका दैनिकमा छापिएको खबर अनुसार, यससम्बन्धी सेन्टर फर डायनामिक नेपाल (सिएमडिएन)ले सात वर्ष लगाएर गरेको अध्ययन रिपोर्ट सरकारी अधिकारी र अन्तर्राष्ट्रिय संघसंस्थाको उपस्थितिमा बिहीबार सार्वजनिक गरिएको छ ।
अनुसन्धानकर्ताले जटिल प्रकारको निमोनिया फैलाउने कोरोना भाइरस मानिस, चमेरो, हाँस र मुसामा देखिएको बताएका छन् । सरुवारोग अस्पताल टेकुका विशेषज्ञ डा. अनुप बास्तोलाले कोरोना भाइरसका विभिन्न प्रजाति हुने बताए । सार्स र मर्स श्वासप्रश्वाससम्बन्धी रोग हुन् । उँटबाट सर्ने मर्स मानिसबाट मानिसमै पनि सर्छ ।
सार्स जनावरबाट मानिसमा सर्छ । तर, नेपालमा देखिएको कोरोना भाइरस सार्स र मर्स नै गराउने हो/होइन भन्नेबारे थप अध्ययन आवश्यक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीले बताएका छन् ।
सेन्टर फर डायनामिक नेपालका कार्यकारी निर्देशक दिवेश कर्माचार्यले सात वर्षमा जनावर र मानिसमा ३० हजार नमुना परीक्षण गर्दा कोरोना भाइरसको प्रजाति भेटिएको बताए ।
मानिसबाट मानिसमा सर्ने कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिन सक्ने भन्दै डुब्लुएचओले सचेत गराउँदै आएको छ । चिकित्सकका अनुसार कोरोना भाइरसले श्वासप्रश्वास प्रणालीमा संक्रमण गरेर जनावर तथा मानिसको स्वास्थ्यमा असर पु¥याउँछ । भाइरस संक्रमणपछि ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या देखिन्छ ।
यसले निमोनिया तथा मिर्गौलासमेत फेल गराउन सक्छ । भाइरस संक्रमित व्यक्तिले हाछ्युँ गर्दा वा खोक्दा थुक र खकारमार्फत यो भाइरस अर्को व्यक्तिमा फैलिन्छ ।
नेपालमा सन् २०१२ देखि भएको यो अनुसन्धानले मुसाबाट मानिसमा सर्ने हान्टा भाइरससँगै १९ प्रकारका नयाँ भाइरस पनि पत्ता लगाएको छ । हान्टा भाइरसले भयावह रूप लिन सक्नेतर्फ चिकित्सकले सचेत गराएका छन् ।
अनुसन्धानले कुकुर–स्यालबाट रेबिज, कुखुरा र हास (चराचुरुङी) बाट बड्फ्लु (एच७ एन९), सुंगुरबाट स्वाइनफ्लु (एच१ एन१), बिरालोबाट टोक्सोप्लाज्मोसिस, मुसाबाट लेक्टोस्पाइरोसिस प्लेग, चमेरोबाट इबोला, बाख्रा र गाईबाट ग्रुचेलोसिस टिबी, रेवाबाट क्रिप्टोच्कोरिबिओसी सर्ने गरेको देखाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस