काठमाडौं-सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बालुवाटारबाट ज्यान मार्ने धम्की दिनेको नाम बताउन नेकपाका नेता भीम रावललाई आग्रह गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गरी संचार तथा सुचना प्रविधि मन्त्री समेत रहेका बाँस्कोटाले बालुवाटारबाट कसैले पनि ज्यान मार्ने धम्की नदिएको र यदि दिएको भए नाम भन्न आग्रह गरे।
उनले भने – ‘भीम रावलज्यूको ज्यान मार्ने धम्की बालुवाटारबाट आयो ? यो तपाईंलाई पत्यार लाग्छ ? कोही व्यक्ति प्रधानमन्त्रीलाई मनपर्न सक्छ, मन नपर्न पनि सक्छ, विरोध हुन सक्छ तर ज्यान मार्ने धम्की भन्ने कुरामा कुनै सत्यता छैन। यस्तो कुरा हुँदा पनि होइन’,बाँस्कोटाले कसले फोन गर्यो र कुन नम्बरबाट फोन आयो भनेर रावलले भन्न सक्नुपर्ने बताए।
फरक विचार राखेकै कारण कसैलाई पनि ज्यान मार्ने धम्की दिन नमिल्ने भन्दै उनले बालुवाटारबाट कसले र कुन फोन नम्बरबाट धम्की दियो भन्ने प्रष्ट पार्न नेता रावललाई आग्रह गरे।
प्रवक्ता बाँस्कोटाले प्रधानमन्त्री पनि नेकपाकै नेता र भीम रावलसमेत नेकपाकै नेता भएकाले त्यो सम्भव नहुने प्रष्ट पारे।
रावलले पछिल्लो समय आफूलाई बालुवाटारबाटै ज्यानमार्ने धम्की दिएको दाबी गर्दै आएका छन्। मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटालाई यसबारे सोधिएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस