काठमाडौं – अख्यितार दुरूपयोग अनुसन्धान आयोगले निजी र सहकारी क्षेत्रमा हुने भ्रष्टाचारसमेत हेर्नेगरी कानुनी प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ। प्राप्त अधिकार अनुसारको जिम्मेवारी पूरा गर्नुको साटो अख्तियारले थप अधिकार खोज्दै निजी, सहकारी र गैरसरकारी संस्थामा हुने भ्रष्टाचारमा छानबिन गर्न पाउनुपर्ने प्रस्ताव गरेको हो।
अख्तियारका अनुसार निजी, सहकारी र गैरसरकारी संस्थामा हुने भ्रष्टाचारमा सार्वजनिक पदमा बसेका अधिकारीसमेत जोडिने सम्भावना भएको त्यहाँ पनि उसले छानिबन गर्न पाउनुपर्छ।
अख्तियारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पनि आफूमातहत ल्याउन सुझाव दिएको छ। अख्तियारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको आर्थिक वर्ष २०७५र७६ को प्रतिवेदनमा भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न सरकारलाई १२ बुँदे सुझाव दिइएको छ।
प्रतिवेदनमा भ्रष्टाचार रोक्न निजामती कर्मचारीको तलब बढाउन सुझाव दिइएको छ। सुझावको नौ नम्बर बुँदामा भ्रष्टाचारजन्य कार्य नियन्त्रणका लागि कार्यालय सहयोगी वा सोसरहका कर्मचारीले पनि आफ्नो परिवारको आधारभूत आवश्यकता परिपूर्ति गर्न सक्नेगरी यथोचित तलबलगायत आवास, शिक्षा, स्वास्थ्यजस्ता सुविधाको व्यवस्था गर्न भनिएको छ।
त्यस्तै प्रतिवेदनमा अनुचित कार्य र भ्रष्टाचारलाई अलग रूपमा हेर्न नमिल्ने उल्लेख छ। अनुचित कार्य र भ्रष्टाचार अन्योन्याश्रित भएको, भ्रष्टाचारको विषय अनुसन्धान गर्दै जाँदा अनुचित कार्य देखिन सक्ने र अनुचित कार्यको अनुसन्धान गर्दै जाँदा भ्रष्टाचार भएको देखिने स्थिति रहेको जनाउँदै आयोगले अनुचित कार्यलाई पनि आयोगको क्षेत्राधिकारभित्र राख्न कानुनी व्यवस्था मिलाउन सरकारलाई सुझाएको छ। अख्तियारलाई अनुचित कार्यसम्बन्धी अनुसन्धान र त्यससम्बन्धी अन्य कारबाही गर्न सक्ने जिम्मेवारी छैन।
भ्रष्टाचारजन्य कार्य नियन्त्रणका लागि कार्यालय सहयोगी वा सोसरहका कर्मचारीले पनि आफ्नो परिवारको आधारभूत आवश्यकता परिपूर्ति गर्न सक्नेगरी यथोचित तलबलगायत आवास, शिक्षा, स्वास्थ्यजस्ता सुविधाको व्यवस्था गर्न भनिएको छ।
नागरिक दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस