काठमाडाैं-सत्तारुढ नेकपा सचिवालयको निर्णयलाई चुनौती दिँदै उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिन अस्वीकार गरेपछि नेकपा भित्र सम्भावित अर्को कदमबारे छलफल सुरु भएको आजको नयाँ पत्रिकाले समाचार छापेको छ |
समाचार अनुसार राष्ट्रपति र प्रधानमन्त्रीकै भरोसामा उपसभामुखले राजीनामा दिन अस्वीकार गरेको निष्कर्षमा पुगेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले विकल्पमाथि छलफल सुरु गरेका हुन् |
अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली उपसभामुख प्रकरणमा मौन बसेकाले समस्या जटिल बनेको अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालको बुझाई छ।
पहिलो विकल्पमा तुम्बाहाङफेबाहेकबाट उम्मेदवार बनाउने विकल्पमा प्रचण्ड र नेपालले छलफल सुरु गरेका छन्। सचिवालय सदस्यबाटै सभामुखको अर्को उम्मेदवार खोज्ने उनीहरुको कसरत छ।
दोस्रो विकल्पमा तुम्बाहाङफेको नाम समानुपातिक सूचीबाट हटाएर सांसद नै रहन नदिने विषयमा पनि प्रचण्ड र नेपालबीच छलफल सुरु भएको छ।
यस विषयमा आइतबारै उनीहरुले केही निकटस्थ कानुन व्यवसायीसँग गोप्य कुराकानी गरेको स्रोतले जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस