चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय राजनीतिमा अहिले जटिलता देखिएको बताएका छन्। प्रथम माडी खिचरा महोत्सवको उद्घाटन गर्न चितवन पुगेका प्रचण्डले राजनीतिमा केही जटिलता देखिएको बताएका हुन्। के विषयमा जटिलता देखिएको भन्नेबारे स्पष्ट नखुलाए पनि प्रचण्डले सभामुख चयनका विषयमा भइरहेको सकसतर्फ संकेत गरेका थिए।
यतिबेला सभामुख चयन, अमेरिकी परियोजना एमसिसी लगायतयले नेकपा नै दुई धारमा देखिएको छ। त्यही सन्दर्भलाई लिएर अध्यक्ष दाहालले चितवन पुगेर यस्तो बोलेका हुन्। उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा नदिँदा सभामुख चयन प्रक्रिया अन्योलमा रहेको अवस्थामा प्रचण्डले यसैलाई इंकित गरेका हुन्।
तत्कालीन सभामुख कृष्ण बहादुर महराले बलात्कार आरोप लागेपछि राजिनामा दिएसँगै सभामुख पद रिक्त रहेको छ। प्रचण्डले अहिलेको अवस्थामा आफूलाई निक्कै दबाब रहेको बताएका छन्। उनले भने, ‘म समय भएर माडी आएको होइन। निक्कै नै दबाब थियो, तपाईंहरुले देखिरहनु भएको छ। केन्द्रीय राजनीतिमा अलिअलि जटिलता देखिन्छन् कहिलेकाहीँ।’ जटिलता समाधानका लागि आफूले लगातार छलफल गरिरहेको पनि बताए। अध्यक्ष प्रचण्डले चितवनबाट फर्किएपछि मंगलबार बेलुकी धेरै बैठक बसेर छलफल गर्नुपर्ने बताए। उनले भने, ‘धेरै बैठक, छलफल गर्नुपर्ने व्यस्त समयमा धेरै साथीले काठमाडौं नछाड्न सल्लाह दिँदादिँदै २ घण्टा समय निकालेर माडी आएको हुँ।’
अहिलेको नेकपा सरकार समृद्ध नेपाल, सुखी नेपालीको अभियानका लागेको पनि उनले प्रष्ट्याए। विकास निर्माणको काममा पनि सरकार लागिरहेको उनले उल्लेख गरे। नेकपा नेतृत्वको सरकारले जनताको चाहाना र अपेक्षा अनुसार काम गरेको जिकिर उनले गरे। सरकारले अहिले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेकाले यस्ता महोत्सवले पर्यटन आवागमनमा वृद्धि हुने उनको भनाइ थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस