हेटौंडा – भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद महेश बस्नेतले जनताको आवाज सरकारले छुटाएछ भने संसद प्रक्रियाको माध्यमबाट प्रवेश गराउने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री समेत रहेका बस्नेतले लोकतन्त्रको सबैभन्दा शक्तिशाली भनेकै जनता भएको बताए ।
केन्द्रको कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले गरेको कार्यक्रममा उनले कुनैपनि राजनीतिक पहुँच, शक्ति, स्रोत, साधनको आधारमा द्वन्द्व पिडितले पाउने न्याय नमर्ने बताए ।
उनले कानुनको नजरमा कसैलनाई काखा र कसैलाई पाखा नहुने समेत बताए ।
द्वन्द्वका समयमा मानव अधिकार विरोधी तथा अपराधलाई छानविन गरी पिडित र पिडकबीचको छलफल गरी मेलमिलाप, क्षमादानको वातावरण बनाउने तथा जगन्य अपराधीलाई कानुनी कारवाही हुने उनको भनाई छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोगले अपेक्षित रुपमा काम गर्न नसकेको औंल्याउँदै बस्नेतले द्वन्द्व पिडित जनता तथा सरोकारवाला निकाय माझ पुगी समस्याको जानकारी लिई आवश्यकता अनुसार कानुन संशोधन गर्ने तयारीमा सरकार रहेको बताए ।
द्वन्द्वको समयमा सेना प्रहरीलाई पिडक पक्षको जस्तो व्यवहार गर्नु नहुने पिडितको जनगुनासोलाई समाधान गरी वैधानिक तवरले अघि बढ्नपर्नेमा उनको जोड छ ।
उनले पहुँच हुनेले राज्यद्वारा पाउने सेवा सुविधा पाएको तर नहुनेले नपाएको पिडितको गुनासोलाई सुनुवाई गर्नुपर्नेमा जोड दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस