काठामाडौं – कृष्णबहादु महरा प्रकरणमा काठमाण्डू जिल्ला अदालतले पीडित महिला रोशनी शाहीको स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई बयानका लागि झिकाउन आदेश दिएको छ।
आइतवार भएको सुनुवाइपछि न्यायाधीश अम्बरराज पौडेलको इजलासले चिकित्सकहरूलाई झिकाउन आदेश दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार अदालतले प्रयोगशाला परीक्षणमा संलग्न चिकित्सकहरूलाई पनि झिकाउन आदेश दिएको छ।
त्यस्तै अदालतले घटना विवरणमा कागज गर्ने मानिसहरूलाई पनि बकपत्रका लागि झिकाउन आदेश दिएको श्रेस्तेदार श्रेष्ठले बताए।
पूर्वसभामुख तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका नेता महरा पुर्पक्षका लागि हाल थुनामा छन्।
महरामाथि जबरजस्ती करणीको उद्योगको अभियोग लगाइएको छ। उनले बलात्कार प्रयास गरेको आरोप अस्वीकार गर्दै आएका छन्।
यौन दुर्व्यवहारको आरोप लागेपछि गत असोज १४ गते महराले सभामुख पदबाट राजीनामा दिएका थिए।
त्यसको ठ्याक्कै एक महिनापछि महराविरुद्ध बिहीवार जिल्ला अदालत काठमाण्डूमा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा मुद्दा दर्ता गरिएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस