काठमाडौं – आजका सबैजसो पत्रपत्रिकाले उपसभामुख शिवमाया तुम्बाहाम्फेको राजिनामाको विषयलाई प्राथमिकता दिएर खबर छापेका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले उप समाभुख तुम्बाहाम्फेलाई राजिनामा गर्न लगाएर सभामुखको उमेदवारी दिने निर्णय गरेपछि उनले यस्तो बताएकी हुन् ।
यसअघि उनले पटक पटक आफूलाई सभामुख बनाउने भएमात्रै उपसभामुखबाट राजिनामा दिने बताउदै आएकी छिन् । उनले आफूलाई महाअभियोग लगाएर हटाउन समेत यसअघि पार्टीका दुई अध्यक्षलाई चुनौती दिएकी थिईन ।
सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक प्रावधान छ। यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेपछि कृष्णबहादुर महराले राजीनामा दिएका कारण सभामुख पद रिक्त छ।
‘म राजीनामा दिन्न, भोलि (आइतबार) को संसद् बैठक सञ्चालन गर्छु’, तुम्बाहाङफेले भनिन्। ‘सभामुख पदमा उम्मेदवारी दिन उपसभामुखलाई राजीनामा गर्न आग्रह गर्ने निर्णय भयो’, सचिवालय बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। यद्यपि, नेकपाले सभामुख कसलाई बनाउने भन्ने निर्णय गरेको छैन।
प्रधानमन्त्रीबिनाको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओली भने अनुपस्थित थिए। पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको सचिवालय बैठकले उपसभामुखलाई राजीनामा माग्ने र सभामुख पदमा उम्मेदवारी दिने निर्णय गरेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस