राजधानीको सम्भाव्यता प्रतिवेदनमाथिको छलफल सकियो
काठमाण्डौ – सांसदहरुले प्रदेश ३ को राजधानी र नामबारे आज प्रदेश सभा बैठकमा प्रस्ताव गर्दै छन् । विहान ९ देखि ११ बजेसम्म प्रस्ताव दर्ता गर्ने समय तोकिएको प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले बताए ।
एक सुचना निकालेर उनले प्रस्ताव दर्ता गर्ने मितिको घोषणा गरेका हुन् । प्राप्त प्रस्तावमाथि भने भोली आईतबार मतदान गरिनेछ ।
सभामुख श्रेष्ठले प्रदेशको स्थायी राजधानी तोक्नेसम्बन्धी कार्यविधि २०७६ को अनुसूची–१ बमोजिमको ढाँचामा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले सिफारिस गरेको जिल्ला मध्येबाट प्रदेशको राजधानीसम्बन्धी प्रस्ताव दर्ता गर्न र प्रदेशको नामाकरण सम्बन्धी कार्यविधि २०७६ को अनुसूची–१ बमोजिमको ढाँचामा प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गर्ने समय दिएका हुन् । प्रदेश सभा बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ ।
राजधानीको सम्भाव्यता प्रतिवेदनमाथिको छलफल सकियो
प्रदेश नं– ३ को प्रदेशसभा बैठकमा राजधानीको सम्भाव्यता अध्ययन टोलीको प्रतिवेदनमाथि प्रदेशसभा सदस्यहरुले आ–आफ्नो धारण व्यक्त गरेका छन् ।
प्रदेशको विकासको पूर्वाधारलाई एकै ठाउँबाट सेवा सुविधा प्रवाह गर्ने कामलाई स्वच्छता प्रदान गर्न सत्तारुढ र प्रतिपक्ष एकजुट हुनुपर्ने बैठकमा बोल्ने प्रदेशसभा सदस्यले बताएका छन् ।
सङ्घीय गणतन्त्रलाई दीर्घजीवन प्रदान गर्न राजनीतिक दलले गरेका त्याग तपस्यालाई उपेक्षा गर्न नहुने तर्क प्रस्तुत गर्दै राजनीतिक दल तथा सदस्यले राजनीतिक एजेण्डाभन्दा राष्ट्रको सार्वभौम राष्ट्रियतालाई दरिलो बनाउन दीर्घकालसम्म प्रदेशको राजधानीको महत्व रहने खालको सोचाइ राख्नुपर्ने बताए ।
शुक्रबारको बैठकमा राजधानी सम्भव्यता अध्ययन प्रतिवेदनमाथि १५ जना सदस्य छलफलमा सहभागी थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस