एजेन्सी – इरानले राजधानी तेहरानको परान्ड उपनगरमा दुर्घटनाग्रस्त युक्रेनी यात्रुवाहक विमानको बारेमा प्रारम्भिक रिपोर्ट जारी गरेको छ ।
इरानको उड्डयन सङ्गठनका प्रमुख अली अबेदजादेहले भने, “विमानको ‘ब्लाक बक्स’ बिग्रिएको भेटिएको इरानी प्राविधिकले बताएका छन् । दुवै उपकरणका ‘मेमोरी चिप्स’ मा देखिने गरी नै क्षति भएको पाइएको पनि देखिन्छ ।”
विमान दुर्घटनापूर्व विमान चालकबाट कुनै पनि ‘असामान्य अवस्था’ को रेडियो सन्देश प्राप्त नभएको प्रारम्भिक अनुसन्धानपछि थाहा भएको इरानी अधिकारीले बताएका छन् ।
इरानले युक्रेन र सम्बन्धित देशका प्रतिनिधिहरूलाई दुर्घटनाको बारेमा मूल्याङ्कनका लागि आमन्त्रित पनि गरेको स्थानीय सञ्चारमाध्यमले आबेदजादेहलाई उद्धृत गरी लेखेका छन् ।
इरानी प्रतिवेदनमा बुधबार विमान आठ हजार फिटमाथि आकाशमा रहेका समय विमानले राडारसँगको सम्पर्क गुमाएको र त्यसको केही छिनमा नै दुर्घटनाग्रस्त भएको उल्लेख गरिएको छ ।
विमान दुर्घटना हुनुभन्दा अघि विमानबाट आगो निस्केको प्रत्यक्षदर्शी स्थानीयले बताएका अबेदजादेहले स्थानीय सञ्चारमाध्यमलाई जानकारी गराएका छन् ।
विमान दुर्घटनास्थललाई हेर्दा चालकले विमानमा समस्या देखेपछि उनले विमानको दिशा बदल्दै र एयरपोर्टतर्फ फर्किएको अनुमान, अधिकारीले गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अमेरिकामा निर्माण भएको बोइङ कम्पनीको युक्रेनी विमानमा नौ जना चालकदलका सदस्यसहित १७६ जना थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस