काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागलाई फोन ट्यापिङको अधिकार दिन प्रमुख प्रतिपक्षी दल कांग्रेस लचिलो बनेको छ । राष्ट्रिय सभामा छलफल सुरु भएको नेपाल विशेष सेवा विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरी कांग्रेस सांसदहरूले अदालतको अनुमतिमा गुप्तचरलाई फोन ट्यापिङको अधिकार दिन सकिने बताएका छन् ।
नयाँपत्रिका दैनिकले लेखेको खबर अनुसार, यसअघि सो प्रावधान संविधानविपरीत भएको भन्दै कांग्रेसले आपत्ति जनाएको थियो । गत ३० मंसिरमा विज्ञप्ति जारी गरी कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले विधेयक फिर्ता लिन माग गरेका थिए ।
फोन ट्यापिङको प्रावधानले नेपालको संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने, नागरिकका हरेक सूचना चुहावट हुने, गोपनीयता भंग हुने र स्वतन्त्रतालाई समाप्त गर्ने ठहर उनको थियो । प्रवक्ता विश्वप्रकाश शर्माले पनि फोन ट्यापिङको प्रावधानले नागरिकको गोपनीयताको अधिकार हनन हुने भन्दै विरोध गरेका थिए ।
अहिले अदालतको अनुमतिमा फोन ट्यापिङ गर्न दिन कांग्रेस तयार भएको हो । स्रोतका अनुसार पार्टी सभापति शेरबहादुर देउवाकै निर्देशनमा अदालतको अनुमतिमा फोन ट्यापिङ गर्न सक्ने गरी संशोधन प्रस्ताव दर्ता भएको हो ।
विधेयकको प्रावधानले नागरिकका गोपनीयता हनन हुन सक्ने चिन्ता व्यक्त हुँदा प्रमुख प्रतिपक्षी दलसमेत फोन इन्टरसेप्सनको अधिकार गुप्तचरलाई दिन तयार भएको हो ।
विधेयकउपर सोमबार राष्ट्रिय सभामा चारवटा संशोधन प्रस्ताव दर्ता गरिएको छ । कांग्रेस सांसदहरूले दर्ता गरेको संशोधन प्रस्तावमा अदालतको अनुमतिमा भने राष्ट्रिय अनुसन्धान विभागलाई यस्ता अधिकार दिन हुने उल्लेख छ ।
चारवटा संशोधन प्रस्तावमध्ये तीनवटामा अदालतको अनुमतिमा दिन सकिने उल्लेख गर्न प्रस्ताव गरिएको छ । अमेरिकालगायतका देशमा यस्तो प्रावधान छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस