काठमाडौं । लाख दिएर करोड असुल्दै सयौँ व्यक्ति ठग्ने साहुकार रामबाबु राय यादवलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेपछि छुटाउन राजनीतिक दबाब सुरु भएको छ ।
राष्ट्रिय जनता पार्टी राजपाका केन्द्रीय सदस्यसमेत रहेका रायलाई छुटाउन पार्टीका जिल्ला नेताहरूले प्रशासन र प्रहरीलाई दबाब दिन थालेका हुन् ।
नयाँपत्रिका दैनिकले लेखेको खबर अनुसर, राजपा सर्लाही संयोजक सुशील यादवको नेतृत्वमा डेढ सयको संख्यामा रहेको समूहले बिहीबार प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई भेटेर आफ्ना नेतालाई छाड्न चेतावनी दिएका हुन् ।
कुनै उजुरीविना नै पक्राउ गर्नु गलत भएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।
बिहीबारै प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेललाई पनि भेटेर उनीहरूले यही माग गरेका छन् । सिडिओ र एसपीलाई दबाब दिन जिल्ला संयोजक सुशील यादवसँगै कविलासी नगरपालिकाका मेयर कौशल यादव, कौडेना गाउँपालिका अध्यक्ष रामप्रसाद यादवलगायत गएका थिए ।
सिडिओलाई ज्ञापनपत्र बुझाउनुअघि उनीहरूले नारा–जुलुससहित मलंगवा बजारमा प्रदर्शनसमेत गरेका थिए ।
सर्लाही, महोत्तरी, धनुषा, सिराहालगायतका हजारभन्दा धेरैलाई ऋण दिएभन्दा बढीको कागज गराएर ठग्ने अर्का साहुकार सञ्जय रौनियार भने बिहारस्थित सीतामढी पुगेको सूचना प्रहरीले पाएको छ ।
भारतीय नागरिकतासमेत भएका उनी सीतामढीस्थित आफ्नै होटेलमा रहेको सूचना पाएको एसपी पोखरेलले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस