काठमाडौं-सरकारले अजयराज सुमार्गीको हेल्लो नेपाल लगायत तीन वटा दुरसंचार कम्पनीको लाइसेन्स खारेजी बदर गरेको छ ।
मन्त्रीपरिषद बैठकले दुरसंचार प्रदायक कम्पनी हेल्लो नेपाल, स्मार्ट टेलिकम र वेभसर्फर कम्युनिकेशनको लाइसेन्स खारेज गर्ने निर्णय बदर गर्ने निर्णय गरेको हो ।
मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै संचार संचार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दुरसंचार कम्पनीले तिर्नुपर्ने बाँकी रकम पाँच किस्तामा तिरिसक्नुपर्ने निर्णयसहित खारेजीको निर्णय बदर भएको जानकारी गराएका हुन् ।
सरकारको निर्णयअनुसार यी तीन कम्पनीले पाँच किस्तामा बाँकी रकम बुझाउनुपर्ने छ । पहिलो किस्ता आउने असार मसान्तभित्र र बाँकी चार किस्ता चार वर्षभित्र बुझाउनुपर्ने मन्त्री बाँस्कोटाको भनाई छ ।
२०७६ सालको साउन १३ गते नेपाल दुरसञ्चार प्राधिकरणले वेबसर्भर नेपाल कम्युनिकेशन सिस्टम प्रा लि, स्मार्ट टेलिकम र नेपाल स्याटलाईट टेलिकम प्रा.ली। को अनुमति पत्र खारेज गर्ने निर्णय गरेको थियो ।
हालसम्म तिनुपर्ने साँवा ब्याज सहितको बक्यौता पाँच किस्तामा नबढ्ने गरी पहिलो किस्ता चालु आर्थिक वर्ष ०७६\७७ को असार मसान्त भित्रै र बाँकी चार किस्ता प्रति वर्ष एक किस्ताका दरले प्रत्येक आर्थिक वर्षको असार मसान्त भित्रै बुझाउने गरी समय दिइने सरकारले जनाएको छ ।
निर्धारित समय भित्रै प्रत्येक किस्ता रकम र प्रचलित कानुन बमोजिम बुझाउनु पर्ने रकम नबुझाएमा कानुन बमोजिम अनुमति पत्र खारेज गर्ने पनि सरकारले स्पष्ट पारेको छ ।
यस्ता छन् मन्त्रीपरिषदका अरु निर्णयहरु
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस