भरतपुर-नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिले सबै नेता तथा कार्यकर्तालाई समेटी अगाडि बढ्नुपर्ने बताएका छन ।
रत्ननगर नगर समितिले आज चितवनको टिकौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले पार्टीभित्र विकृति मौलाउन दिन नहुनेमा जोड दिए ।
‘सभापतिका कारण पार्टी कमजोर बन्नुहुँदैन’ , पौडेलले भने , ‘व्यक्तिगत स्वार्थमा कोही लाग्नुहुँदैन, पार्टी बलियो भए मात्र सबै बलियो हुन्छौँ ।’ पार्टीलाई रोगमुक्त बनाउन आफूले नौबुँदे सुझाव पेश गरेको नेता पौडेलले जानकारी गराउँदै त्यसलाई कार्यान्वयनमा ल्याउन सभापतिसँग आग्रह गरे ।
काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी कब्जा गर्ने नभई सत्ता कब्जा गर्ने गरी नेतृत्वले काम गर्नुपर्ने बताए ।
काँग्रेस रत्ननगर नगर समिति सभापति रुपनराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यद्वय डिना उपाध्याय, कमला पन्त, चितवन सभापति जीतनारायण श्रेष्ठलगायतले मन्तव्य राखेका ।
कार्यक्रममा विभिन्न विधाबाट १२ जना तथा पार्टी पूर्वनगरसभापति चार जनालाई सम्मान गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस