धनुषा-धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा बम विष्फोट गराएको आरोपमा विप्लव समूहका एक नेतालाई पक्राउ गरेको छ । प्रहरीले करिब ३ साताअघि भएको बम विष्फोटको मुख्य योजनाकारका रुपमा विप्लव समूहका आदम राईलाई मस्ट वान्टेड सूचीमा राखेको थियो ।
महेन्द्रनगरमा बम विष्फोटनको घटना भए लगत्तै फरार रहेका राईलाई धनुषा प्रहरीले घटनाको करीब २२ दिनपछि पक्राउ गर्न सफल भएको हो । राई विप्लव नेतृत्व नेकपाको केन्द्रीय सदस्यसमेत रहेको प्रहरीले जानकारी दिएको छ ।
राईलाई पक्राउ गरी थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको स्रोतले जनाएको छ । गत मसिर २७ गते राती टाइम बम प्रयोग गरी विष्फोट गराउने मुख्य योजनाकारसहित ९ जनाको पहिचान भइसकेको प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रद्मकुमार कार्कीले बताएका छन् । तर, उनले राईको पक्राउका विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस