काठमाडाैं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई दिएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेकाे संस्थापन पक्षका नेताहरू सम्मिलित बैठकले उक्त निर्णय गरेकाे हाे। राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने एजेण्डाका साथ बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारीलाई जिम्मेवारी दिएको हो ।
केन्द्रीय समिति सदस्य मीनबहादुर विश्वकर्माले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई दिइएको बताए ।
‘बैठकले राष्ट्रियसभा निर्वाचनको उम्मेद्वार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिने निर्णय गरेको छ,’ विश्वकर्माले भने, ‘यसका लागि विभिन्न राजनीतिक दलसँग समन्वय गर्न पहल गर्ने, अन्य दलसँगको सहकार्यमा सरकारले गरेका संविधान र प्रजातन्त्र विरोधी क्रियाकलापको देशव्यापी रूपमा विरोध गर्ने लगायतका निर्णय गरेको छ ।’
कांग्रेसका ७ सांसदकाे कार्यकाल सकिन लागेकाे छ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय केन्द्रीय समिति सदस्यहरू उपस्थित थिएनन् ।
११ गते बसेको केन्द्रीय समितिले असन्तुष्ट पक्षलाई सहमतिमा नलिई महाधिवेशनको मिति तय गरेको भन्दै पौडेलपक्षले त्यसयताका कुनै पनि औपचारिक बैठकमा भाग नलिने घोषणा गरेको छ ।
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि पुस २० गते उम्मेद्वारी मनोनयन गर्ने मिति तोकेको छ भने निर्वाचनको मिति माघ ९ गतेलाई तय गरेको छ ।
यता पार्टीको केन्द्रीय समितिको बैठक बहिष्कार गरेर पौडेलपक्ष भने महामन्त्री शशांक कोइराला निवास महाराजगंजमा भेला भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस