काठमाडाैं-नेपालमा पछिल्ला पाँच वर्षमा सबैभन्दा बढी सैन्य सहयोग उत्तरी छिमेक चीनबाट भित्रिएको छ । नेपाली सेनालाई सहयोग गर्ने अन्य मुख्य मुलुक अमेरिका र भारतभन्दा चीनको सहयोग बढेको सैनिक मुख्यालय जङ्गीअड्डा स्रोतबाट प्राप्त तथ्याङ्कमा देखिएको छ ।
यो अवधिमा चीनबाट करिब १२ अर्बको सहयोग आउँदा अमेरिकाबाट करिब ५ अर्ब हराहारी सहयोग भित्रिएको छ । नेपालले सैन्य सहयोगका रुपमा विभिन्न मुलुकबाट हवाई जहाज, सञ्चारका साधन, बम निष्क्रिय गर्ने साधन, हेभी र लाइट सवारीसाधन, ढुङ्गा, हतियार, विस्फोटक पदार्थ, संयुक्त राष्ट्रसंघ अन्तरगत शान्ति स्थापनार्थ चाहिने आर्मोरेट पर्सनल क्यारियर (एपीसी) लगायतका सामान लिन्छ ।
चीन, भारत र अमेरिकाले नेपालमा चासो बढाइरहँदा युरोपेली मुलुक विशेषगरी बेलायतले भने नेपाली सेनालाई पछिल्लो समय सहयोग गरेको देखिँदैन । नेपाल भारत शान्ति तथा मैत्री सन्धि १९५० लाई आधार मानेर १९६५ मा भएको रक्षा सम्झौताअनुसार नेपालले भारतबाहेक अन्य मुलुकबाट हतियार वा सैन्य सामग्री ल्याउँदा ऊसँग स्वीकृत लिनुपथ्र्यो ।
अहिले भारतले नेपाललाई सैन्य सामग्री दिँदा कुल मूल्यको ६० प्रतिशत मात्र अनुदान दिन्छ । बाँकी ४० प्रतिशत नेपालले व्यहोर्नुपर्छ । नेपालले भारतबाट पछिल्ला पाँच वर्षमा सेनालाई नाइटभिजन, हतियार, बारुद र गाडी ल्याएको छ । यसको मूल्य खुलाइएको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस