राँझा– बाँकेमा कार्यरत पत्रकार सङ्गीन शर्मामाथि आइतबार साङ्घातिक आक्रमण भएको छ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रदेश नं ५ कमिटी सदस्य पुजन विश्वकर्मासँग विवाद भइरहेको समयमा आएका दुई युवाले आफूमाथि साङ्घातिक आक्रमण भएको पत्रकार शर्माले जानकारी दिए ।
आक्रमणबाट पत्रकार शर्माको निधार, नाक र आँखाका माथिपट्टि चोट लागेको छ । नेकपा नेता विश्वकर्माले ती युवालाई बोलाएर आफूमाथि कुटपिट गराएको शर्माको दाबी छ । घाइते पत्रकार शर्माका अनुसार नेकपा नेता विश्वकर्माद्वारा सञ्चालित युगयान दैनिकको कार्यालयमा आपसी विवाद भइरहेको समयमा नेता विश्वकर्माले युवा बोलाई कुटपिट गर्न निर्देशन दिएका थिए । नेता विश्वकर्मासमेत नेपाल पत्रकार महासङ्घ बाँकेका साधारण सदस्य हुन् ।
विगतमा विश्वकर्माकै पत्रिकामा कार्यरत पत्रकार शर्मा हाल कोहलपुरस्थित काँचुली खबर अनलाइनमा कार्यकारी सम्पादक हुन् । घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीले दुवैजनालाई आइतबार साँझ नै इलाका प्रहरी कार्यालय कोहलपुरमा लगेर छलफल गराएको छ । कुटपिटमा संलग्न दुईजना भने फरार रहेका छन् ।
नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष ठाकुरसिंह थारू, नेकपाका कोहलपुरस्थित नेताहरुसहित इलाका प्रहरी कार्यालयमा आइतबार राति अबेरसम्मको छलफलपश्चात् घटनामा संलग्न दोषीलाई प्रहरीले पक्राउ गर्नुपर्ने र घटनाको महासङ्घले छानबिन गर्ने तथा त्यसमा पनि चित्त नबुझे कानूनी प्रक्रियामा अघि बढ्ने सहमति भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस