राजस्व अनुसन्धान विभागले वरुण वेभरेजविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।वरुणले बहुराष्ट्रिय कम्पनी पेप्सीलाई नेपालमा बोटलिङ गरेर वितरण गर्दै आएको छ ।
वरुणले नक्कली भ्याट बिल प्रयोग गरेर ६४ करोड रुपैयाँ राजस्व ठगी गरेको भन्दै विभागले मुद्दा दायर गरेको हो ।
बिभागले जारी गरेकाे बिज्ञप्ति
झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर(VAT) बिजकको प्रयोगगर्नेवरुण वेभरेज (नेपाल) प्रा.लि.(स्थायी लेखा नं. ३०००४५४९५) र यसका पूर्व तथा वर्तमान संचालकहरु अमित गुप्ता समेत ७ जना उपर रु.6४,96,02,340।-विगो तथा विगोको दोब्बर 1,29,92,04,680।- समेत जम्मा रु. 1,94,88,07,020।- (एक अर्व चौरानब्बे करोड अठ्ठासी लाख सात हजार विस रुपैया) सम्म जरिवाना र ३ वर्ष कैद सजायको माग दावी काठमाडौंजिल्ला अदालतमा आजमिति २०७६-०९-०३ मामुद्दा दायर गरिएको।
वरुण वेभरेज (नेपाल) प्रा.लि.(स्थायी लेखा नं. ३०००४५४९५)ले राजस्व चुहावट गर्ने दुरासय राखी झुट्टा तथा नक्कली कर विजकको कारोवार गर्ने व्यक्तिहरुसँग मिलेमतो गरी वास्तविक रुपमा मालवस्तु खरिद नै नगरी झुट्टा तथा नक्कली कर विजक जारी गर्ने प्रयोजनका लागि योजनाबद्ध तरिकाले दर्ता गरिएका फर्महरुबाट जारी गरेका झुट्टा तथा नक्कली कर विजक खरिद गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित ऐ. ऐनको दफा ४ को (क) र (ख) बमोजिमको कसुर गरेको पुष्टि भएकोलेवरुण वेभरेज (नेपाल) प्रा.लि.बाट १ अर्व ६० करोडको बैक जमानत लिईयसका प्रतिवादीहरु वरुण वेभरेज (नेपाल) प्रा.लि. र यसका पूर्व तथा वर्तमान संचालकहरु विरुद्ध रु.6४,96,02,340।-(अक्षरेपि चौसठ्ठी करोड छयान्नब्बे लाख दुई हजार तीन सय चालीस मात्र) राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले आज मिति 2076-09-03 गते काठमाण्डौ जिल्ला अदालतमामुद्दा दायर गरिएको छ । विभागले गरेको अनुसन्धानबाट यस प्रा.लि.ले आ.व. 2070/071 देखि 2075/076 सम्ममा झुट्टा तथा मू.अ. कर बिजकको कारोवारबाट मू.अ.करतर्फ रु.25,34,06,940।- (अक्षरेपि पच्चीस करोड चौंतीस लाख छ हजार नौ सय चालीस मात्र)र आयकर तर्फ लाभांश समेत गरी रु.३९,६१,९५,४००।- (अक्षरेपि उनान्चालीस करोड एकसठ्ठी लाख पन्चान्नब्बे हजार चार सय)गरी कूल रकम रु.6४,96,02,340।-(अक्षरेपि चौसठ्ठी करोड छयान्नब्बे लाख दुई हजार तीन सय चालीस मात्र)राजस्व छली गरेको देखिएकोले छली भएको कूल रकमरु.6४,96,02,340।-लाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २ छ(१) बमोजिम बिगो कायम गरी उक्त बिगो रकम ऐ. ऐनको दफा 23 बमोजिम प्रतिवादी वरुण वेभरेज (नेपाल) प्रा.लि. र यसका पूर्व तथा वर्तमान संचालकहरु अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविन कुमार अग्रवाल, बिनोद सिंह भनिने बिनोद कुमार सिंह र अशोक कुमारबाट असुल उपर गर्ने तथा प्रतिवादीहरुलाई ऐ. ऐनको दफा २३ (१)बमोजिम बिगोको दोब्बरसम्म जरिवाना तथा ३ (तीन) वर्षसम्मको कैद सजायको माग दाबी लिई आज मिति 2076-09-03 गते काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
सूचना अधिकारी
राजस्व अनुसन्धान विभाग
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस