काभ्रे- जिल्लाको विकट महाभारत र खानीखोला गाउँपालिकामा माध्यमिक विद्यालयको सङ्ख्या कम हुँदा विद्यार्थीलाई साढे तीन घण्टाभन्दा बढी हिँडेर विद्यालय धाउनुपर्ने बाध्यता छ ।
विद्यालयमा छात्रावासको व्यवस्था हुन नसक्दा यी दुई गाउँपालिकाका विद्यार्थी वर्षौंदेखि साढे तीन घण्टाको बाटो हिँडेर विद्यालय पढ्न जाने गरेका छन् ।
नेपाल सरकारले आधा घण्टाभन्दा बढी हिँडेर विद्यालय जान नपर्ने नीति बनाएको भए पनि यहाँका बालबालिका भने दैनिक साढे तीन घण्टासम्म हिँडेरै पढ्न जानुपर्ने बाध्यतामा छन् ।
महाभारत गाउँपालिका वडा नं. ६ मा रहेको जनमोहन माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा चमेली घलानले साढे तीन घण्टा हिँडेर विद्यालय आउने गरेको बताउनुभयो । वडा नं. ७ कालीमाटीमा घर रहेको बताउने उनी दैनिक ६ः३० बजे घरबाट हिँड्ने गरेकी छन् ।
उठ्नेबित्तिकै घरबाट विद्यालयका लागि हिँड्ने गरेको छु । नजिकै माध्यमिक विद्यालय नहुँदा पढ्नकै लागि आफू साढे तीन घण्टा हिँडेर आउने गरेको उनले गुनासो गरिन् । उनले घर फर्किंदा पनि त्यति नै समय लाग्ने गरेको बताइन् ।
कक्षा १० मा अध्ययनरत छात्र फुर्साङ मोक्तानले तीन घण्टा हिँडेर विद्यालय आएको बताए । विद्यालयमा छात्रावास छैन, भूकम्पले घर भत्किएपछि कोठा लिएर बस्ने ठाउँ पनि छैनन् । त्यसैले दैनिक तीन घण्टा हिँडेर विद्यालय आउने गरेको छु ।
महाभारत गाउँपालिका वडा नं. ५ मा रहेको ग्रामोन्नति माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रा पञ्चमाया बल दुई घण्टा हिँडेर विद्यालय आउने गरेको बताउँछन् । प्राथमिक तहसम्म त गाउँमा नै पढियो तर त्यसभन्दा माथि पढ्ने विद्यालय नहुँदा दुई घण्टा हिँडेर विद्यालय आउने गरेका छौँ ।
उनीहरू दैनिक २० जना भलडाँडा भन्ने ठाउँबाट विद्यालय आउने गरेका छन् । यी त केही प्रतिनिधि पात्र मात्र भए । जिल्लाको डाँडापारि क्षेत्रमा अझै पनि शिक्षा लिनकै लागि घण्टौँसम्म बालबालिका हिँडेर आउजाउ गर्नुपर्ने बाध्यतामा छन् । छात्रावासका लागि पहल नहुँदा घण्टौंसम्म असुरक्षित बाटोबाट बालबालिका आउनुपर्ने अवस्थामा रहेको स्थानीय रामबहादुर ब्लोनले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस