कास्की– यही मङ्सिर १५ देखि शुरु १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पोखरामा सम्पन्न स्पर्धामा नेपालले चार स्वर्णसहित कूल ३४ पदक जित्न सफल भएको छ ।
यहाँ सञ्चालन भएका आठ खेलका कूल १५१ पदकका लागि भएको स्पर्धामा आयोजक नेपालले ट्रायथोलन र भारत्तोलनमा दुई÷दुई स्वर्ण पदक जितेको हो । भारत्तोलनमा नेपालका तर्फबाट सञ्जु चौधरी (महिला ५९ केजी) र विकास थापाले (पुरुष ८९ केजी) तौल समूहमा स्वर्ण जितेका थिए ।
त्यसैगरी ट्रायथोलनअन्तर्गत महिला स्पर्धामा सोनी गुरुङ र डुआथोलनको पुरुषतर्फ हिमाल टमाटाले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । नेपालले ट्रायथोलन तथा भारत्तोलनमा तीन÷तीन रजत तथा आर्चरी, पुरुष ह्याण्डबल तथा महिला फुटबलमा एक÷एक गरी नौ रजत पदक जित्न सफल भयो ।
त्यसैगरी भारत्तोलनमा ११, ब्याडमिन्टनमा पाँच, आर्चरीमा दुई, महिला क्रिकेट, ट्रायथोलन र महिला क्रिकेटमा एक÷एक गरी २१ रजत पदक जितेको छ । पोखरामा सम्पन्न स्पर्धामा भारतले सर्वाधिक १९ स्वर्ण तथा पाँच रजत र चार कास्य गरी कूल २८ पदक जित्न सफल भयो ।
भारतले भारत्तोलनमा नौ, ब्याडमिन्टनमा छ ट्रायथोलनमा दुई तथा महिला फुटबल तथा पुरुष ह्याण्डबलमा एक÷एक स्वर्ण जित्न सफल भयो । बङ्गलादेशले १३ स्वर्ण, सात रजत र आठ कास्य गरी २८ पदक जितेको छ । आर्चरीमा १० भारत्तोलनमा दुई र महिला क्रिकेटमा बङ्गलादेशले एक स्वर्ण जितेको छ । त्यसैगरी श्रीलङ्काले छ स्वर्ण २३ रजत र आठ कास्य गरी ३७ तथा पाकिस्तानले छ स्वर्ण दुई रजत र छ कास्य गरी १४ पदक जितेको छ ।
श्रीलङ्काले भारत्तोलन तथा बीच भलिबलमा दुई÷दुई तथा ब्याडमिन्टन र एक ट्रायथोलनमा एक÷एक स्वर्ण जितेको छ । पाकिस्तानले भारत्तोलनमा पाँच तथा महिला ह्याण्डबलमा एक स्वर्ण जितेको हो । भूटानले आर्चरीमा पाँच रजत र तीन कास्य तथा भारत्तोलनमा एक कास्य गरी जम्मा नौ पदक जितेको छ । माल्दिभ्सले महिला फुबटलमा एक कास्य पदकमात्र जित्न सफल भयो ।
यही मङ्सिर १५ देखि २३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा भारत्तोलनमा ६०, आर्चरीमा ३०, ब्याडमिन्टनमा २८, ट्रायथोलन १५, बीच भलिबल र ह्याण्डबलमा छ÷छ, महिला क्रिकेट र महिला फुटलबमा तीन÷तीन गरी कूल १५१ पदकका लागि नेपालसहित सात राष्ट्रबीच स्पर्धा भएको थियो । पोखरामा सम्पन्न भएका आठ खेलका लागि ८२४ खेलाडी तथा अफिसियलले सहभागिता जनाएका थिए भने खेल सञ्चालनका लागि ४९१ प्राविधिक तथा अफिसियलको सहभागिता रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस