कञ्चनपुर-सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला वडाल जोशीले महिलामाथि हुने हिंसाको प्रमुख कारण ‘अशिक्षा’ भएको बताएका छन् ।
‘समानताको पुस्ता : बलात्कारविरुद्धको ऐक्यबद्धता’ भन्ने नारासहित मङ्गलबार भीमदत्तनगरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले शिक्षित समाज निर्माण गर्नसके मात्रै महिलामाथिका हिंसा हट्ने बताए ।
बडालले समाजको थिचोमिचो सहँदै आएका मुक्त हलिया र दलित समुदाय अझै हिंसाको पीडा खेप्न बाध्य भएको बताए ।
‘महिलाहरुले हिंसा सहेर बस्नु पर्दैन’ बडालले भनिन , ‘न्यायिक निकायमा पुगेर हिंसाको प्रतिकार गर्नु पर्दछ ।’ हिंसाका घटनाहरु न्यायिक निकायमा पुगेपछि मेलमिलापमा टुङ्गिँदा यसले प्रश्रय पाउँदै आएकाले कानूनी उपचारमा लाग्नुनै श्रेयस्कर हुने उनको भनाइ थियो |
मुक्त हलिया अगुवा तथा पूर्व सांसद हरि श्रीपालीले मुक्त हलिया समुदाय दलित समुदायकै व्यक्तिहरु भएकाले उनीहरुमाथि गर्ने छुवाछूत हट्न नसकेको बताए । समाजमा दलित समुदायमाथि अझै हिंसा र थिचोमिचो व्याप्त रहेकाले त्यो हट्नुपर्ने धारणा राखे ।
सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले कानूनले सबै जातजाति, वर्ग र समुदायमाथि समान व्यवहार गर्ने भएकाले कानून विपरीतका कार्य गरे कानूनअनुसार कारवाहीका लागि अगाडि सर्नुपर्ने बताए ।
कानूनमा उल्लेख भएका प्रावधानहरु लागू गर्नसके हिंसाका घटना न्यूनीकरण गर्न मद्दत पुग्ने उनले बताए । प्रदेश सरकारले हिंसाविरुद्धका नीति नियम र कानूनहरु कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक पर्ने थप नीति नियम बनाउन तयार रहेको बताए ।
राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहारले मुक्त हलियालाई सामाजिकरूपमा पुनःस्थापन गर्नका लागि शिक्षा, रोजगार र स्वास्थ्यको व्यवस्थासँगै नीति निर्माण तहमा पहुँच अभिवृद्धि गरी आर्थिकरूपमा आत्मनिर्भर बनाइनुपर्ने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस