काठमाडाैं- आज प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ |
प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा उपनिर्वाचन हुँदै छ। प्रदेशअन्तर्गत दाङ ३ (ख), बागलुङ २ (ख) र भक्तपुर १ (ख) मा मतदान हुन लागेको छ।यस्तै एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ।
मतदानका लागि ५ सय ३७ मतदान केन्द्र र २ सय ४७ मतदान स्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनका लागि केन्द्रबाट ४ वटा संस्थाबाट ५०० पर्यवेक्षक खटिएका छन्।भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सबै तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ।गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता केदारनाथ शर्माले सम्पूर्ण सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेको र सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए।
कास्की २ मा ८२ मतदान केन्द्र र ३२ मतदानस्थल तोएिको छ । यसका लागि ८२ मतदान अधिकृत तथा ८२ सहायक मतदान अधिकृतसहित ४१० कर्मचारी र ३२८ स्वयमंसेवक खटिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेन्द्रराज सुवेदीले बताए।
पोखरा महानगरपालिकाका विभिन्न ११ वडाका ७१ हजार १७१ मतदाताले प्रतिनिधिसभा सदस्यका लागि भोट हाल्दै छन्।बागलुङमा मतदान केन्द्र निर्माण सम्पन्न भएकोे मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताए। बागलुङ २ (ख) मा प्रदेशसभा सदस्य र एक वडाध्यक्षका लागि मतदान हुँदै छ।
प्रदेशसभा सदस्यका लागि ४३ मतदान केन्द्र र २४ मतदान स्थल तोकिएको छ। कर्मचारी र सुरक्षाकर्मीको टोली मतदान केन्द्रमा पुगिसकेको न्यौपानेले बताए।भक्तपुरमा १ (ख) मा ५४ मतदान केन्द्र र २२ मतदान स्थल तोकिएको छ। उक्त क्षेत्रबाट ४५००१५ मतदाता मतदानमा सहभागी हुने जिल्ला निर्वाचन कार्यालयका भीमबहादुर बिसीले बताए।
दाङ ३ (ख) मा पनि तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी बुद्धिबहादुर खत्रीले जानकारी दिए। उक्त क्षेत्रमा ७७ मतदान केन्द्र र ३२ मतदान स्थल तोकिएको छ। मतदानमा ६८७१९ मतदाताले भाग लिँदै छन् ।
मतदान समय बिहान ७ देखि साँझ ५ बजेसम्म तोकिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस