काठमाडाैं- सरकारले अल्टिमेटम दिएलगत्तै निजी मेडिकल कलेजहरू विद्यार्थीबाट असुल गरेको वढी शुल्क फिर्ता गर्न तयार भएका छन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग साेमबार भएको वार्तापछि कलेज संचालकहरू तोकिएकोभन्दा बढी शुल्क फिर्ता गर्न तयार भएका हुन् ।
शिक्षामन्त्री चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा. श्रीकृष्ण गिरी र मेडिकल कलेज संचालकबीचको छलफलमा कलेज संचालकहरूले भोलि (मंगलबार) नै रकम फिर्ता गर्ने खाका सरकारलाई बुझाउने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएकाे छ।उनीहरूले बुझाएको खाकाका आधारमा सरकार, आन्दोलनरत विद्यार्थी र संचालकहरूको बैठक बसेर शुल्क फिर्ता गर्ने सहमति भएको हो ।
मेडिकल कलेजहरूले बढी शुल्क असुलेको भन्दै पीडित विद्यार्थीहरू दुई महिनादेखि आन्दोलनरत छन् ।सरकारले शुल्क फिर्ता नगरे संचालकलाई पक्राउ गरी बढी शुल्क असुल गर्ने र ठगी मुद्दा चलाउने बताएपछि संचालकहरू लचक बनेका हुन् ।
सोमबार गृहमन्त्री रामबहादुर थापा (बादल), शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतको बैठकले विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क भोलिसम्ममा फिर्ता नगरे कारबाही थाल्ने निर्णय गरेको थियो ।
निर्णयलगत्तै मन्त्री पोखरेलले कारबाही प्रक्रिया अगाडि बढाउने भन्दै सरोकारवालालाई छलफलमा बोलाएका थिए । छलफलमा मेडिकल कलेज संचालकहरूले आफूहरू पैसा फिर्ता गर्न तयार रहेको बताएका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस