काठमाडाैं-‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल पार्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सरकारले सबैलाई आग्रह गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सबै नेपालीको एकताबद्ध प्रयासबाट मात्रै भ्रमण वर्ष सफल हुने भन्दै सहयोगका लागि आग्रह गरेका हुन् ।
उनका अनुसार नेपाल भ्रमण वर्षको मूल आयोजक समितिको बैठकले नेपालमा उत्पादित कुनै पनि सामानको प्याकेटको बाहिरी भागमा ‘नेपाल भ्रमण वर्ष’को लोगो राख्न अपिल गरेको छ ।
राष्ट्रपतिले उद्घाटन गर्ने
नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन १६ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् । मूल आयोजक समितिका अनुसार, उद्घाटन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । समारोहमा मन्त्रीहरु, मुख्यमन्त्रीहरु, कुटनीतिक नियोगका प्रमुखहरु, ४० देशका पर्यटन मन्त्रीहरु, विश्वका ठूला विमान कम्पनीका प्रमुखलगायतको सहभागिता रहने समितिले जनाएको छ ।
उद्घाटनको अघिल्लो १५ पुस राति ठमेलमा नेपाल भ्रमण वर्षको विशेष कार्यक्रम गरिने तथा बौद्ध, स्वयम्भू, पशुपतिनाथ, लुम्बिनी र जनकपुरलगायतका ठाउँमा २ हजार २० वटा दियो बाल्ने कार्यक्रम रहेको छ ।
समितिले भ्रमण वर्षलाई व्यवस्थित गर्न विभिन्न १४ वटा निर्णय गरेको छ :
१. राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उद्घाटन हुने ।
२. उद्घाटन सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन ।
३. मूल आयोजक समिति सदस्यहरुले एक सातामा आफूले गर्ने स्पष्ट कार्यक्रम ल्याउनु पर्ने प्रचार सामाग्री त्रिभूवन विमास्थलमा राखिने।
४. विदेश जाने विद्यार्थी वा कामदार तथा अन्यले नेपाल भ्रमण वर्षको प्रचार हुने सामाग्री उपलब्ध गराउने।
५. विद्यार्थी भए पढ्न गएको कलेजका प्रमुखलाई नेपालको केही न केही उपहार दिनुपर्ने वा कामदार भए आफू कार्यरत कम्पनीको कार्यकारी प्रमुखलाई उपहार दिनुपर्ने।
६. सबै राजनीतिक दलहरुसँग साझा कार्यक्रमका लागि पहल गरिने।
७. प्रदेश सभाले पनि पर्यटन वर्षको उद्घाटनको चाँजोपाँजो मिलाएर यसको जानकारी १५ दिनभित्र भ्रमण वर्ष सचिवालयमा पठाउने।
८. नेपाल भित्र उत्पादन हुने कुनै पनि उत्पादनको प्याकेटको बाहिरी भागमा नेपाल भ्रमण वर्षको लोगो राख्न सबैलाई आग्रह गरिने।
९. नेपाल भ्रमण वर्ष २०२० मूख्य आयोजक समितिमा रहने विभिन्न संघसंस्था वा व्यक्तिले विदेश भ्रमण गर्दा अनिवार्य नेपाल भ्रमण वर्षबारेमा प्रस्तुतीकरण गर्ने।
१०. सार्वजनिक स्थललाई झकिझकाऊ गरी सुन्दर बनाउन पहल गर्ने।
११. उपत्यका भित्रका स्थानीय तहसँगको सहकार्यमा सरसफाई थालिने।
१२. दुबईको बुर्ज खलिफालगायत विश्वको गगनचुम्बु भवनमा नेपाल भ्रमण वर्षको
१३. लोगो देखाउन एनआरएन र नेपाली राजदूतावाससँग समन्वय गर्ने।
१४. नेपाल भ्रमण वर्षको आधिकारिक गीतमार्फत् भ्रमण वर्षको प्रवर्द्धन गर्ने।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस