काठमाडौं- नेपाली सीमा बचाउन अभियानका अगुवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको आजको अन्नपूर्ण पोस्टले समाचार छापेको छ |
अग्रज पत्रकार भैरव रिसालको संयोजकत्व बनेको समितिले त्यो नक्सा सार्वजनिक गरेको हो। यो उससमितिमा डा. द्वारिकानाथ ढुंगेल र प्रा. डा. नरेन्द्रराज खनालसहित भूगोलविद सहभागी छन्। समितिले लिम्पियाधुरालाई काली नदीमा उद्गमस्थल मानेर नक्सा बाहिर ल्याएको हो।
लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएको खनालले बताए। उनका अनुसार सुगौली सन्धिको ताकाको नक्सा र २०१८ सालको जनगणनाको आधारमा बनाइएको छ।
उनले सन १९११ को गडुवालको गजेटलाई नक्सा बनाउँदा आधार बनाइएको बताए। ‘पश्चिममा सक्कली काली र उत्तरमा पानी ढलो अर्थात् पहाडको लेकै लेक लगेर नक्सा जोडियौँ’, उनले भने। सक्कली काली नदी पश्चिम कालापनी रहेको पाइएको उनले बताए।
सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले भारतद्वारा नेपाली भूभागमा गोलमाल भएको कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको बताए।
पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गर्न नक्सा सार्वजनिक गरिएको बताए। पूर्वसचिव तथा अभियानकर्ता डा. द्वारिकानाथ ढुंगेलले तयार पारिएको नक्सा नेपाल सरकार हुँदै संयुक्त राष्ट्रसंघसम्म पुर्याउने पर्ने बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस