काठमाडौं- मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री केपी ओलीको नियमित हेमोडायलासिसलाई प्राथमिकता दिइएको छ । उनको चौथो पटक आइतबार ग्रान्डी इन्टरनेसनल अस्पतालमा हेमोडायलासिस गरिएको छ ।
चिकित्सकले अल्पकालीन उपचार पद्धतिका रूपमा हेमोडायलासिसलाई निरन्तरता दिएका छन् ।
प्रधानमन्त्रीको शरीरबाट हानिकारक तत्व फाल्नका लागि मिर्गौलाको कार्यक्षमता चुस्त राख्नुपर्ने हुन्छ । त्यसका लागि दीर्घकालीन रूपमा समस्या समाधानका लागि प्रत्यारोपण नै उपयुक्त भएको निष्कर्ष उपचारमा संलग्न चिकित्सकले निकालेका छन् । यसका लागि स्वदेशी र विदेशी चिकित्सकसँगको परामर्श जारी राखिएको एक चिकित्सकले बताए ।
ग्रान्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डले आइतबार अपराह्न अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई डायलासिसपछि डिस्चार्ज गरिएको जानकारी दिए । ‘प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणपछि चौथो पटक डायलासिस भएको छ’, उनले भने, ‘उहाँले आराम महसुस गर्नुभएपछि हामीले अस्पतालबाट डिस्चार्ज गरेका छौँ ।’
प्रधानमन्त्री ओलीकी निजी चिकित्सक एवं वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाहले नियमित डायलासिस गराउने वा प्रत्यारोपणबारे टुंगो लागिनसकेको बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूका लागि जे गर्दा उपयुक्त हुन्छ, त्यही गर्ने हो । अहिले नियमित डायलासिस गरिराखिएको छ । पछि प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ ।’
प्रधानमन्त्री ओलीको उपचारमा संलग्न अर्का चिकित्सकले दीर्घकालीन समस्या समाधानका लागि प्रत्यारोपण गर्नुपर्ने बताए । ‘मिर्गौलाले शरीरमा रगत र क्याल्सियम बनाउने तत्वहरू उत्पादन गर्छ । मिर्गौला पूर्णरूपमा फेल भएपछि डायलासिस गरे पनि शरीरमा रगत र क्याल्सियमको मात्रा बढ्दैन । क्याल्सियमको समस्या कमी हुन नदिन र रक्तअल्पताको समस्याबाट जोगिन पनि प्रत्यारोपण उपयुक्त विकल्प हो । डायलासिस त अस्थायी मात्र हो’, ती चिकित्सकले भने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस