भक्तपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) एउटा पँधेरो भित्रको भ्यागुतो जस्तो मात्र भएको उल्लेख गर्नुभएको छ ।
मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं. १ (क)का नेकपाको तर्फबाट उम्मेदवार रहनुभएको देवी प्रसाद ढकाल (डिपी)लाई विजयी गराउन आयोजना गरिएको वृहत युवा भेलालाई शनिवार सम्बोधन गर्दै सांसद बस्नेतले भन्नुभयो, ‘नेमकिपा र कांग्रेस एउटा पँधेरो भित्रको भ्यागुतो मात्र हो, बाहिर निस्कन्जेल फुर्ति लगाउँछ, कि मैले संसार देखे भनेर र कसैले कत्रो हुँदो रहेछ संसार भन्यो भने पेट फुलाएर यो भन्दा ठूलो अनि त्यो भन्दा पनि ठूलो भन्दा भन्दै पेट फुटेर मरेछ । नेमकिपा भक्तपुर नगरपालिकाको कचौरा भित्र रमाइरहेको छ र पेट फुटेर मर्ने अवस्थामा पुगेको छ । कांग्रेसको पनि हालत सोही अनुसार नै छ ।’
देशभर नेकपाको जनलहर देखेर केही गिद्धे नजर भएका मिडियाहरुले जनतामा भ्रम छर्ने कार्य समेत हुन सक्ने उल्लेख गद्र्यै उहाँले त्यस्त प्रकारका मिडियासँग अत्तीनुको कुनै जरुरी नभएको बताउनुभयो । युवा संघ युवाहरुको सहि मार्ग निर्देशन गर्ने कारखाना रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘युवा संघले बनाएको पिनिसिङ उत्पादन कस्तो हुन्छ भनेर सवै जनतालाई छर्लङ्ग छ । युवा संघकै उत्पादनमा सम्माननीय प्रधानमन्त्री केपी शमौ ओली, नेकपाका अध्यक्ष पुष्प कलम दाहाल प्रचण्ड, महेश बस्नेत, गोकर्ण विष्ट, रामप्रसाद सापकोटा ‘दिपशिखा’ लगायतका असंख्या देशको कार्यकारी पदमा पुगी मुलुकलाई समृद्ध र विकसित बनाउने महान संकल्पका साथ तिव्र गतिले अघि बढिरहनुभएको छ ।’
युवा संघको प्रवेशसँगै देशको नेतृत्व गर्न सक्ने क्षमताको विकास हुने उल्लेख गर्दै उहाँले राष्ट्रवादी युवा निर्माण गर्ने थलो भनेको युवा संघ भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालका सीमा लिपुलेक, कालापानी, लिम्पुयाधुरालगायतका क्षेत्रमा नेपालमाथि भारतले धावा बोलेमा त्यसमा युवाले प्रतिवाद गर्छ, नेपालको झण्डा फहराउँछन् । राष्ट्रियताको पक्षमा शिर झुकाउँदैन । सरकारले कुटनीतिक तवरले समस्या समाधान गर्ने प्रकृया अघि बढाएको छ । यदी उक्त प्रकृयाबाट समस्या समाधान नभई युवा संघले जुनसुकै मुल्य चुकाएर भएपनि आफ्नो जमिनको रक्षा गर्छ । पहिलो चरणमा कुटनीतिक त्यसपछि भएन भने अन्तर्राष्ट्रियकरण साथै संयुक्त राष्ट्र संघ जानुपरे पनि जान युवा संघ तयार छ ।’
कसैले दवाप तथा आर्थिक प्रलोभनमा पार्ने प्रयास गर्छ भने प्रतिवाद गर्न युवा संघका नेता तथा कार्यकताृलाई निर्देशन दिँदै सांसद बस्नेतले भक्तपुरमा कांग्रेस र नेमकिपा शुन्य बनाउने अभियान चलाउन समेत युवालाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, ‘अर्को पटकको निर्वाचनबाट भक्तपुरमा कही कतै पार्टी प्रवेश गराउने वातावरण आवश्यक नहुने गरी काम गर्नुस् । उपनिर्वाचनमा कांग्रेस तथा नेमकिपाको भोट किनवेट गर्ने विशेष गतिविधिको निगरानिी गर्नुस् । साँझ परेपछि प्रहरीसँग समन्वय गरी गस्ती गर्नुस्, गरिव, असाहाय वस्तीमा भोटको किनवेच हुन सक्छ यसलाई रोक्नुस् आफ्नो तवरले लाग्नुस् । पैसा बाडेको भेटे कब्जा गर्नुस् । उक्त रकम सामाजिक कार्यमा प्रयोग गरौंला । भोटमा घुनपुतली नलागोस्, कहि कतैबाट दवाप आए सम्पर्कमा वस्नुस्, आवश्यक कदम संगठन तथा पार्टीले चलाउँछ । तपाईहरु कुनै पनि कुरामा आत्तीनु पर्दैन ।’
नेमकिपालाई १ नं. क्षेत्रमा विजयी गराउनु नै क्षत्रे नं. १ विकासमा पछि परेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा ‘एक वुथ १०० युथ’ को अभियानलाई प्रभावकारी ढंगले प्रयोग गर्न आग्रह गर्नुभयो । भक्तपुरमा अब नेकपाले सयौं वर्ष सेवा जनताको मतबाट विजयी भई जनताको सेवामा समर्पित हुने उद्घोष गर्दै उहाँले भन्नुभयो, ‘सात दिन नेकपालाई सेवा गर्नुस्, पाँच वर्ष तपाईलाई नेकपाले सेवा गर्छ । युवा साथीहरु अव नेकपाको उम्मेदवार विजयी नभएसम्म २४शैं घण्टा खट्नुस्, पार्टीले तपाईको मुल्याङ्कन गर्छ ।’
भक्तपुरमा एक सय एक नेता रहेको र आवश्यक परे सिंहासनमा बसेको सिंहलाई थर्काउन सक्ने क्षमता रहेको उल्लेख गर्दै उहाँले नेकपामा प्रवेशसँगै कांग्रेस र नेमकिपाको सातोपुत्लो गएको समेत बताउनुभयो ।
नेकपाका केन्द्रीय सदस्य, भक्तपुरका सहइन्चार्ज तथा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले भक्तपुरमा नेकपाको नेतृत्व आउसँगै विकासका चारै तिरका ढोका खुल्ला गरेको उल्लेख गर्नुभयो । विगतको लामो समय कांग्रेस र नेमकिपाले भक्तपुरको विकासलाई अन्धकारमा पुर्याएको उल्लेख गर्दै अब जनताको चाहना र आवश्यकता अनुसारको विकासमा कुनै कमि नहुने समेत प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा संघका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले युवा संघ देशमा युवाहरु आर्थिक समृद्धिमा जाडिनु पर्नेमा जोड दिँदै रोजागरी ग्यारेन्टीका आधारहरु तयार पारिरहेको जानकारी गराउनुभयो । उहाँले युवाले अब तत्कालै देश विकास र समृद्धिका अभियान शुरु गर्ने उद्घोष गर्दै अब तत्काल युवालाई विकास र उत्पादनमा जोड्ने कार्यक्रमहरु ल्याउने जानकारी गराउनुभयो । उहाँले अबको युवाको अभियान सडक निर्माणको अभियानमा समेत लगाउने जानकारी गराउँदै वेरोजगार युवा संघको सदस्याता हुन नसक्ने बताउनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस