काठमाडाैं-भारतले नेपालको कालापानी समेटेर नयाँ नक्सा जारी गरेको दुई सातापछि सरकारले पुस पहिलो सातासम्म वार्ताका लागि भारतलाई पत्र पठाएको आजको नयाँ पत्रिकाले समाचार लेखेको छ |
समाचार अनुसार यसै साता पठाएको पत्रमा नेपालले भारतबाट कालापानी समेटेर एकतर्फी सार्वजनिक गरिएको नक्साप्रति असहमति राख्दै वार्ताको मिति प्रस्ताव गरेको छ । तर, भारतले जवाफ पठाएको छैन ।
‘पुस पहिलो सातासम्म परराष्ट्र सचिवस्तरीय वार्ताका लागि औपचारिक प्रस्तावसहितको कूटनीतिक पत्राचार गरेका छौँ,’ परराष्ट्रका एक उच्च अधिकारीले नयाँ पत्रिकासँग भने, ‘पुस पहिलो साताको मिति र वार्तास्थल काठमाडौंसमेत प्रस्ताव गरेर पठाएका छौँ ।’
बिहीबार नारायणहिटीमा आयोजित एक कार्यक्रमपछि पत्रकारमाझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि भारतसँग वार्ताको प्रयास भइरहेको बताएका थिए । परराष्ट्रसचिव शंकरदास बैरागीले पनि वार्ताको प्रस्ताव गरेको र समन्वय गरिरहेको बताए ।
भारतले १६ कात्तिकमा नयाँ नक्सा सार्वजनिक गरेपछि दुई देशबीच क्रिया–प्रतिक्रिया चले पनि कूटनीतिक प्रयास दुई सातापछि सुरु भएको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले वार्तामा बस्न भारत तयार रहेको प्रतिक्रिया दिइसकेका छन् । दुई देशबीच सुस्ता र कालापानीका सम्बन्धमा विवाद समाधान गर्न परराष्ट्रसचिवस्तरीय संयन्त्र तोकिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस