काठमाडौं – यातायात व्यवस्था विभागले निजी सवारी साधनलाई यातायात सेवाका लागि प्रयोग गर्न नपाउने बताएको छ ।बुधबार सूचना प्रकाशित गर्दै विभागले निजी प्रयोजनका लागि निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधन अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने उल्लेख गरेको छ ।
सूचनामा भनिएको छ, ‘कुनै एक प्रयोजनको निम्ती दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ती प्रयोग गर्न पाइने छैन भन्ने कानूनी व्यवस्था भएकोमा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त सवारी साधन भाडामा लिइ यात्रु ओसारपसार गर्न प्रयोग गरेको भन्ने जनगुनासो प्राप्त हुन आएकाले यसरी कानूनको उल्लघंन गरी निजी सवारी साधनको प्रयोग–सञ्चालन नगर्न÷नगराउन सूचना प्रकाशित गरिएको छ ।’यदी प्रयोग गरेको पाइएमा कारबाही गरिने समेत सूचनामा उल्लेख छ ।
यातायात व्यवस्था विभागले जारी गरेको सूचनाले स्टार्टअप कम्पनी टुटल र पठाओमा असर पर्ने देखिएको छ । बाइक ट्याक्सीका रुपमा चलाइरहेका टुटल र पठाओलाई गत वर्ष पनि प्रहरीले पक्राउ गरी कारबाही गरेको थियो ।तर प्रधानमन्त्रीको ठाडो निर्देशनमा पुनः सञ्चालनमा आइका पठाओ र टुटलको लोकप्रियता निकै बढेको छ । पठाओले बाइक सेवासँगै केही महिनादेखि ट्याक्सी समेत सञ्चालन गरिरहेको छ ।
विभागले जारी गरेको उक्त निर्देशनले निजी प्रयोजनका लागि दर्ता भइ भाडामा लगाउँदै आएका कार तथा जीप व्यवसायमा समेत असर पुग्ने भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस